कालीगण्डकीमा डुबेर बेपत्ता दुई मध्ये एकजनाको शव फेला
पाल्पा : बगनासकाली गाउँपालिका-७ दैलातुङस्थित कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव फेला परेको छ।
सोही गाउँपालिका(९ चापपानीका २९ वर्षीय तोयनाथ बस्यालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताए।
खोजी गर्ने क्रममा कालीगण्डकी नदीको बिचमा बुधबार बिहान करिब ८ बजे शव फेला परेको उनले बताए।
सोही ठाउँका अर्का ३९ वर्षीय शरण भुसाल भने अझै बेपत्ता छन्। उनको पनि खोजी कार्य जारी रहेको छ।
मंगलबार बेलुकी पौने ५ बजे उनीहरू डुबेर बेपत्ता भएका थिए।
जिल्ला प्रहरी कार्यालय पाल्पाबाट थप प्रहरी टोली र सशस्त्र प्रहरीको गोताखोर टोली बुधबार बिहानै घटनास्थल पुगेर खोजी गरिरहेको प्रनाउ चौधरीले बताए। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया