घनश्याम भर
(विजयनगर) कपिलवस्तु, २ बैशाख ।
कपिलवस्तुको विजयनगर गाउँपालिका-१, विरनगरमा अवस्थित अर्रा आधारभूत विद्यालयमा नवनिर्मित ३ कोठे भवनको उद्घाटन गरिएको छ । बुधबार गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले एक कार्यक्रमका बीच नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।
सेचेन करुणा संस्था र विजयनगर गाउँपालिकाको साझेदारीमा निर्माण गरिएको उक्त भवन ३४ लाख ३९ हजार ८ सय ९५ रुपैयाँको लागतमा सम्पन्न भएको सेचेन करुणाका इन्जिनियर उमेश यादवले जानकारी दिए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले गाउँपालिकाले “टिनको छानो मुक्त अभियान” सञ्चालन गरिरहेको उल्लेख गरे । टिनको छानोले गर्मीमा अत्यधिक ताप, जाडोमा बढी चिसो तथा वर्षामा चुहिने समस्याका कारण विद्यार्थीको सिकाइमा असर पर्ने भएकाले पक्की भवन निर्माणलाई प्राथमिकता दिइएको उनले बताए ।
यस्तै सेचेन करुणाका जिल्ला संयोजक हुमलाल अधिकारीले विद्यालयमा भवनको अभावलाई मध्यनजर गर्दै नयाँ भवन निर्माण गरिएको बताए। उनले भौतिक संरचना सुधारले शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक राम बहादुर सारुले नयाँ भवन निर्माणसँगै विद्यार्थीको पठनपाठनमा सहजता आउने बताए । उनले भवन अभावका कारण बहुकक्षा सञ्चालन गर्नुपर्ने बाध्यता अन्त्य हुने उल्लेख गरे ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडा नं. ७ का वडा अध्यक्ष दिनेश कुमार चौधरी, कार्यपालिका सदस्य दमन्ती राना, वडा सदस्य तिजमान राई, सेचेन करुणाकी कार्यकारी निर्देशक सुनिता शर्मा, समाजसेवी थर्क बहादुर खन्गाहा, भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पिपा राना भराम, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया