Trending
flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास

विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, १६ असार ।

कपिलवस्तुको विजयनगर गाउँपालिका-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान गरिएको छ । वडा नम्बर ६ कार्यालयको आयोजनामा गाउँपालिका सभाहल खडैचामा आयोजित कार्यक्रममा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई झुल, टर्चलाइट र छाता प्रदान गर्दै सम्मान गरिएको हो ।

वडा सचिव उमेश दाहालका अनुसार वडाभित्रका ९३ जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेमध्ये ७७ जना जेष्ठ नागरिक र १६ जना ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति रहेका छन् । ७५ वर्ष माथि उमेर भएका जेष्ठ नागरिकलाई सम्मान गरिएको हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले जेष्ठ नागरिकहरू समाजका मार्गदर्शक र अनुभवका भण्डार भएकाले उनीहरूको सम्मान र संरक्षणलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताए । उनले जेष्ठ नागरिकको अनुभवबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न सक्ने बताउँदै सम्मान गर्नु संस्कृति र पहिचानको सम्मान गरिएको जिकिर गरे ।

यस्तै उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकलाई राज्यका सेवा तथा सुविधामा सहज पहुँच सुनिश्चित गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताइन् । उनले समावेशी समाज निर्माणका लागि सबै वर्ग र समुदायको सम्मान तथा सहभागिता आवश्यक रहेको बताइन् ।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले लक्षित वर्गको जीवनस्तर सुधारका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । उनले जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका आवश्यकता सम्बोधन गर्ने कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए ।

६ नम्बरका वडा अध्यक्ष प्रेम बहादुर कलवारले जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको सम्मान केवल औपचारिकतामा सीमित नभई उनीहरूको सम्मानजनक जीवनयापन सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए । उनले वडाले आगामी दिनमा पनि यस्ता सामाजिक तथा कल्याणकारी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP