कपिलवस्तुको विजयनगरमा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षले पार्टी छाडेर रास्वपा प्रवेश गरेका छन् ।
एमालेबाट दोस्रो पटक विजयनगर गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित लक्ष्मी कुमारी चौधरी र वडा नम्बर-५ का अध्यक्ष अनवर मोहम्मद मुसलमानले यही भदौ ५ गते रास्वपाको सदस्यता लिएका हुन् । चौधरी एमाले जिल्ला कमिटी सदस्य तथा अखिल नेपाल महिला संघ कपिलवस्तुकी जिल्ला उपाध्यक्षसमेत थिइन् ।
त्यस्तै वडा अध्यक्ष मुसलमान नेपाल मुस्लिम इत्तेहाद संगठन लुम्बिनी प्रदेशका उपाध्यक्ष हुन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिकै रूपमा जिम्मेवारी सम्हालिरहेका उनले पनि नयाँ राजनीतिक यात्राका लागि रास्वपा रोजेका छन् ।
साभार : बुटवल टुडे
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया