Trending
flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन

रक्सी पिएर कार दुर्घटना गराउने मल्लमाथि अनुसन्धान चल्दै

काठमाण्डाै – रक्सी पिएर कार दुर्घटना गराउने काठमाण्डौ गोठाटारका पृथ्वी मल्लमाथि दोस्रो पटक म्याद थप भई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

मल्ललाई सवारी ज्यान मुद्दामा दोस्रो पटक म्याद थप गरी अनुसन्धान अघि बढाईएको महानगरीय प्रहरी वृत्त महाराजगन्जले जनाएको छ । मंसिर २८ गते शनिबारदेखि लागू हुनेगरी काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भएको भए पनि अनुसन्धान नसकिएपछि फेरि ७ दिनको म्याद थप गरीएको हो ।

काठमाण्डौ जिल्ला अदालतबाट बिहीबारदेखि लागू हुनेगरी दोस्रो पटक ७ दिनको समय थप भई छानबिन भैरहेको वृत्तका प्रहरी नायव उपरीक्षक उमेश लम्सालले जानकारी दिनुभयो । 

सवारी ज्यान मुद्दामा प्रहरीले २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्नेछ । दोस्रो पटकको म्याद पुस १० गतेसम्ममा पनि अनुसन्धान सकिएन भने जिल्ला अदालतले फेरि समय दिनेछ । 

गएको शनिबार मल्लले चलाएको बा १४ च ६१२३ नम्बरको कारको ठक्करबाट गोरखाको बारपाक घर भई बुढानिलकण्ठ बस्ने लिला देवकोटाको ज्यान गएको थियो । देवकोटालाई ठक्कर दिएपछि कार बिजुलीको पोलमा ठोक्किएको थियो । 

अनुसन्धानबाट दोषी ठहरिए मल्ललाई ५ वर्षसम्म कैद सजाय हुने कानुनी प्रावधान छ । मल्लसँगै जाँडरक्सी पिएर कारमा यात्रा गरेका अरु ३ जना भने छुटिसकेका छन् । 

यसैबीच मृतक देवकोटाको परिवारले क्षतिपूर्ति र कारबाहीका लागि प्रहरीमा उजुरी दिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP