Trending
flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन

राउतलाई संसदमा ल्याउन यस्तो चलखेल: ओली र उपेन्द्र यादवबीच सहमती

File photo

काठमाडौं । विखण्डनवादी राजनीति छाडेर मूलधारमा आएका जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई संघीय संसदमा ल्याउन पहल सुरु भएको छ । सप्तरी क्षेत्र नम्बर–१ बाट निर्वाचित समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादवलाई राजीनामा गर्न लगाएर सीके राउतलाई संघीय संसद्मा ल्याउन पहल सुरु भएको हो ।

स्रोतका अनुसार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्रीसमेत रहेका संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पहलमा सांसद डा. यादवलाई राजीनामा गर्न लगाएर सीके राउतलाई संसद्मा ल्याउन पहल सुरु भएको हो ।

सांसद डा. यादवले सोमबार नै सभामुख कृष्णबहादुर महरालाई राजीनामापत्र बुझाइसकेका छन् । यद्यपि, राजीनामा स्वीकृत हुन बाँकी छ ।

आफ्नो स्वास्थ्यमा समस्या बढेकाले आराम गर्न राजीनामा दिएको सांसद डा. यादवले बताए पनि भित्री योजना सीके राउतलाई सांसद बनाउने योजना रहेको स्रोतको दाबी छ । उनले आफूलाई डाइबिटिज बढेको र पछिल्लो समय स्ट्रेस पनि बढेकाले राजीनामा दिएको बताएका छन् ।

डा. यादव समाजवादी पार्टी सप्तरी क्षेत्र नम्बर–१ बाट २१ हजार ७१२ मतका साथ विजयी भएका थिए । उनी सप्तरीका चर्चित डाक्टरसमेत हुन् । पछिल्लो समयमा यो क्षेत्रमा डा. राउतको बलियो पकड रहेको स्रोतको दाबी छ । निर्वाचन आयोगले १४ मंसिरमा उपनिर्वाचनको घोषणा गरिसकेको छ ।

‘सीके राउत छुट्टै मधेस देशको निर्माण अभियान छाडेर मूलधारको राजनीतिमा आइसकेका छन्, सरकारले उनीसँग यसअघि नै सहमति गरिसकेको छ,’ स्रोतको दाबी छ, ‘केही लिखित सहमति त्यतिबेलै सार्वजनिक भयो, अलिखित रूपमा भएका केही सहमति अहिले पूरा गर्न खोजिदै छ ।’

सीके राउत यसअघि मधेस छुट्टै देश निर्माण गर्ने अभियानमा थिए । तर, सरकारसँग सहमति भएपश्चात् उनी आफ्नो माग छाडेर मूलधारको राजनीतिमा रहेका छन् । भद्र सहमतिअनुसार नै राउतलाई संघीय संसद्मा ल्याउन खोजिएको स्रोतले जनाएको छ ।

पछिल्लो समय समाजवादी पार्टीले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल)सँग पार्टी एकीकरणको चर्चा चलाउँदै आएको छ । साथै, उसले सीके राउत नेतृत्वको जनमत पार्टीसँग समेत एकीकरणका लागि छलफल गरेको छ । यद्यपि, यस विषयमा नेताहरुले केही बोलेका छैनन् ।

समाजवादी पार्टीका उपमहासचिव प्रकाश अधिकारीले भने डा. यादवको राजीनामा राउतलाई ल्याउनका लागि नभएको बताए । भित्री गोप्य सहमतिलाई अस्वीकार गर्दै अधिकारीले यादवको राजीनामा नितान्त व्यक्तिगत भएको दाबी गरे ।

तर, स्रोतका अनुसार प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री यादव र नेकपाका अध्यक्ष पुष्पकमल दाहालकै सहमतिमा डा. यादवको राजीनामा आएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP