Trending
flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास

यस्तो छ नागढुंगाको विकल्प धार्के-सीतापाइला सडक

 

काठमाडौं प्रायजसो जाम भइरहने नागढुंगा–नौबिसे सडकको विकल्प धार्के–सीतापाइला सडक बन्न थालेको छ। काठमाडौंबाट बाहिरिने वा काठमाडौं भित्रिने सवारीसाधनले यो सडक रोज्न थालेका छन्।

नागढुंगा–नौबिसे सडकमा खाल्डैखाल्डा छन्। यो सडकमा स्तरोन्नतिको काम भइरहेकाले निजी सवारीसाधनले गत वर्षदेखि नै सीतापाइला-भीमढुंगा(धार्के सडक प्रयोग गर्न थालेका थिए। अहिले भने यात्रुवाहक माइक्रो बसलगायत सवारीसाधन पनि यो सडक खण्ड भएर चल्न थालेका छन्। यो सडकको दूरी २४ किलोमिटर रहेको छ। करिब ४५ मिनेटमा सीतापाइलाबाट धार्के पुग्न सकिन्छ।

यो बाटोमा चहलपहल बढेपछि स्थानीयको आयआर्जन पनि बढेको छ। स्थानीयले उत्पादन गरेको तरकारी यात्रुले किनेर लैजाँदा उनीहरुलाई आम्दानीको स्रोत भएको छ। सडक छेउमै स्थानीय उत्पादन किन्न पाइन्छ। तरकारी बेच्न काठमाडौं नै पुग्नुपर्ने स्थानीयबासीको बाध्यता अन्त्य भएको छ।

धार्के–सीतापाइला सडक हालै बनेको भने होइन। नागढुंगा(नौबिसे सडक खण्डको चापलाई घटाउन २०४५ सालबाट नै यसको निर्माण सुरु गरिएको थियो। अहिले पनि पूर्ण रुपमा निर्माण सकिएको छैन। केही ठाउँमा कालोपत्रे गर्न बाँकी छ।  थाहा खबर

 

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP