Trending

कांग्रेसले विपीको प्रजातान्त्रिक विचार बेचिसक्योः प्रमुख सचेतक शाही

 

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाली कांग्रेसले प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको विचार नै बेचिसकेको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको बैठक मंगलवारको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले संसदमा एक जनाले बोलेमात्रै उसको पनि विचार सुन्नुपर्छ भन्ने विपीको विचार कांग्रेसले बचेको भान भएको टिप्पणी गरे।

भिजिट भिसा दुरुपयोग प्रकरणबारे उच्चस्तरीय छानबिनको माग गर्दै आफूहरूले लामो समयदेखि आन्दोलन गरिरहेको भए पनि सरकारले सुन्न नचाहेको उनको भनाइ छ। उनले आफूहरू सरकारविरोधी आन्दोलन नभई मानव बेचबिखनविरुद्धको आन्दोलन गरिरहेको बताउँदै आफ्ना मागहरु सुनुवाइ गर्न सरकारको ध्यानाकर्षण गराए।

उनले भिजिट भिसा दुरुपयोग छानबिन समिति संख्याका आधारमा नभई अपराधको प्रकृति अनुसार गठन हुनुपर्नेमा जोड दिए।  थाहा खबर  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP