Trending
flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास

विजयनगर गाउँपालिकाकाे नयाँ प्रशासकीय भवनको शिलान्यास

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २८ कार्तिक ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा नयाँ प्रशासकीय भवनको शिलान्यास गरिएको छ । शुक्रबार जिल्ला समन्वय समितिका अध्यक्ष बाबुराम आचार्यद्वारा प्रशासकीय भवनकाे शिलान्यास गरिएको हाे । गाउँपालिका-५ पिपरीमै पालिका कार्यालय भवनकाे पछाडी नयाँ प्रशासकीय भवन बन्न लागेको छ ।

प्रशासकीय भवन ३ करोड ९१ लाख ५ सय ५६ रुपैयाँ लागतमा निर्माण हुन लागेकाे गाउँपालिकाका प्राविधिक अधिकृत हेमन्त कुमार चौधरीले जानकारी दिए ।

भवन निर्माणको ठेक्का एम.एस. सिभिल-एम.एस. जेभी शिवराज-५ चन्द्राैटालेले पाएको छ । निर्माण व्यवसायीका अनुसार आगामी असार मसान्तभित्रै भवन निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

नयाँ प्रशासकीय भवन निर्माण भएसँगै गाउँपालिकाको कार्य सम्पादन, व्यवस्थापन र सेवा प्रवाहमा थप सहजता आउने विश्वास व्यक्त गरिएको छ । सो अवसरमा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले भवनले स्थानीय सेवाग्राहीलाई झनै प्रभावकारी सेवा प्रदान गर्न मद्दत गर्ने बताए ।

भवन शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, समाजसेवी लगायत स्थानीयहरुकाे सहभागीता थियोे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP