Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

डढेलो नियन्त्रण गर्न बन झाडी सफाई

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २७ पाैष ।

कपिलवस्तुकाे गाैतमबुद्ध साझेदारी बन उज्ज्वलपुरले भालुखोला र जवाबैराठ क्षेत्रमा झाडी सफाई गर्ने कार्य गरिरहेकाे छ । साझेदारी बनले ५२ हेक्टर क्षेत्रमा झाडी सफाई गर्ने याेजना रहेको जनाएको छ । गर्मीयाम आउनै लाग्दा डढेलाेकाे उच्च जाेखिमलाई मध्यनजर गर्दै नियन्त्रणकाे लागि झाडी सफाई सुरु गरिएको छ ।

लामाे समयसम्म झाडी सफाई नभएकाे क्षेत्रमा डढेलाे सम्भावित क्षेत्रमा साझेदारी बनले झाडी सफाई कार्यलाई निरन्तरता दिएको छ । बन संरक्षण, आगलागी नियन्त्रण तथा बिरुवा पुनर्उत्पादनलाई प्रभावकारी बनाउन झाडी सफाई थालिएको गाैतमबुद्ध साझेदारी बन उपभोक्ता समूहले जनाएको छ ।

बनले सुख्खा झाडी, काम नलाग्ने झाडी र अनावश्यक झार हटाउँदा आगलागीको जोखिम कम हुने, नयाँ बिरुवा उम्रन सहयोग पुग्ने तथा बनको जैविक विविधता संरक्षणमा टेवा पुग्ने साझेदारी बन उपभोक्ता समुहका अध्यक्ष प्रवेज आलम खाँले बताए । झाडी सफाइ कार्यले बन क्षेत्रको व्यवस्थापन सुधार हुने बताउँदै  ६० जना स्थानीयलाई राेजगारीसमेेत सिर्जना गरेकाे उनले जनाए ।

यस्तै डिभिजन बन कार्यालय उज्ज्वलपुरका रेन्जर टोपबहादुर गुरुङले लामाे समयसम्म झाडी सफाईले नगरिएकाे बताउँदै झाडी सफाई नितान्त आवश्यक रहेको बताए । नयाँ बिरुवा उत्पादनकाे साथै साल प्रजाति, असना प्रजातिकाे बिरुवा संरक्षणमा मदत पुग्ने उनलेे बताए । यसले बनलाई दीर्घकालीन संरक्षणकाे साथै छिटै बिरुवा उम्रने र पुनर्उत्पादन हुने गुरुङले  बताए ।

उपभोक्ता समूहले स्थानीय सहभागितामा चरणबद्ध रूपमा झाडी सफाइ गर्दै जाने र आगामी दिनमा बन संरक्षण सम्बन्धी अन्य कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP