Trending
flash भारतबाट अवैध रूपमा ल्याइएका १ हजार ५ सय चल्ला बरामद flash नागरिक यात्रुको गुनासो र समस्या तत्काल सम्बोधन गर्न यात्रु सहायता कक्ष स्थापना flash राकेश यादवले दिए कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ

जेनजी अभियन्ता टासी ल्हाजोमको नाम समानुपातिकको बन्दसूचीबाट हटाए

रास्वपाले समानुपातिक सूचीमा रहेकी जेनजी अभियन्ता टासी ल्हाजोमको नाम समानुपातिकको बन्दसूचीबाट हटाएको छ ।

भूराजनीतिक चासो उत्पन्न भएको भन्दै रास्वपाले टासीको नाम हटाएको हो । उनको नाम बन्दसूचीको माथिल्लो क्रममा भए पनि उनको सहमति बेगर सूचीबाट नाम हटेको हो ।

निर्वाचन आयोगले टासीको नाम सूचीबाट हटेको पुष्टि गरेको छ ।

यसअघि सुशीला कार्की सरकारमा मन्त्री बन्ने तयारीमा रहेकी टासीको बारेमा विभिन्न विवाद आएको भन्दै अन्तिम घडीमा नाम काटिएको थियो ।

उनी हिमाली क्षेत्रको पर्यावरण संस्कृति आदि क्षेत्रमा अध्ययन गरेकी अध्येता हुन् । जेनजी आन्दोलनपछि उनी रास्वपा प्रवेश गरेकी थिइन् ।

चिनियाँ पक्षले टासीको बारेमा आफुसँग विभिन्न सूचना उपलब्ध भएको भन्दै उनको संलग्नताले दुईदेशीय सम्बन्धलाई खलल पार्न सक्ने चिन्ता जाहेर गरेका थिए ।

हाल बिदाइ भइ गएका चिनियाँ तत्कालीन राजदूत चेन सोङले समेत त्यस बेला प्रधानमन्त्री कार्की लगायत केही मन्त्रीसँग टासीको नामबारे छलफल गरेका थिए ।

सोही विषय फेरि एकपल्ट उठेका कारण टासीको नाम सूचीबाट हटाइएको बुझिएको छ ।

तर रास्वपाका केही केन्द्रीय नेताहरुले भने हल्लाकै भरमा टासीको नाम काटिएको भन्दै आपत्ति जनाइरहेका छन् । टासीमाथि अन्याय भएको भन्दै पार्टीभित्र आवाज उठाउने उनीहरुले जानकारी दिए ।  अनलाइनखबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP