घनश्याम भर
(विजयनगर) कपिलवस्तु, १ माघ ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा पनि बिहीबार राष्ट्रिय योग दिवस ‘याेग कार्यक्रम’ सहित मनाइएको छ । “स्वास्थ्य समाज, समृद्ध नेपाल र विश्व शान्तिको लागि योग” भन्ने नाराका साथ योग दिवस मनाइएको गणेशपुर आयुर्वेद औषधालय शाखाका प्रमुख बिमला कुमारी चाैधरीले जानकारी दिइन् ।
कार्यक्रममा विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले योगले शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउने उल्लेख गर्दै दैनिक जीवनमा योग अभ्यास आवश्यक रहेको बताए । योगलाई जीवनशैलीको अंग बनाउन सकेमा रोगको जोखिम घट्नुका साथै स्वस्थ समाज निर्माणमा टेवा पुग्ने अध्यक्ष थापाकाे भनाई छ । विजयनगरलाई याेगमय बनाउनुपर्नेमा उनलेे जिकिर गरे ।
त्यसैगरी वडा नम्बर ७ का वडा अध्यक्ष दिनेश कुमार चौधरीले योगले तनाव व्यवस्थापन र अनुशासित जीवनशैली विकासमा सहयोग गर्ने बताए । उनले आजको व्यस्त जीवनमा योगले मानिसलाई सन्तुलित र सकारात्मक बनाउने बताउँदै सबै उमेर समूहले योग अभ्यास गर्नुपर्नेमा जाेड दिए ।
कार्यक्रममा योग प्रशिक्षक विष्णु प्रसाद अधिकारीले सहभागीहरूलाई विभिन्न योगासन, प्राणायाम र ध्यान विधिबारे प्रशिक्षण दिएका थिए । प्रशिक्षणका क्रममा उनले योग नियमित रूपमा गरेमा दीर्घकालीन स्वास्थ्य लाभ प्राप्त हुने बताए ।
योग दिवस कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया