Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अमेरिकाले आफ्ना सहयोगी देशहरूलाई रुसी तेल किन्न अनुमति दियो

अमेरिकाले आफ्ना सहयोगी देशहरूलाई रुसी तेल किन्न अनुमति दिएको छ ।यसअघि अमेरिकाले युक्रेन युद्धका कारण रुसी इन्धनमाथि प्रतिबन्ध लगाएको थियो। तर पश्चिम एसियामा जारी युद्ध र हर्मुजको जलमार्गमा देखिएको तनावका कारण इन्धनको विश्वव्यापी मूल्य आकाशिएपछि अमेरिकाले रुसी तेल किन्न अनुमति दिएको बताइएको छ। उता, दुई हप्ताको अवधिमा अमेरिकाले इरानका ६ हजार टार्गेटमा आक्रमण गरेको छ ।इजरायलसँग मिलेर गरिएको आक्रमणमा हालसम्म इरानका ६९ भन्दा बढी लडाकु जहाज र ३० वटा माइनिङ विस्फोटक नष्ट गरिएको दाबी अमेरिकाले गरेको छ। यस्तै इरानका कमाण्ड पोष्टहरु, हतियार उत्पादन केन्द्र, ब्यालेस्टिक साइटहरु, पनडुब्बी र हवाई प्रतिरक्षा प्रणालीमा आक्रमण गरिएको अमेरिकी अधिकारीले जनाएका छन्। यसैबीच, अमेरिकी सेनाको एक जहाज इराकमा दुर्घटनाग्रस्त भएको छ।लडाुक जेटहरुलाई इन्धन भर्न प्रयोग हुने जहाज इराकमा दुर्घटना भएको हो। दुर्घटनाको कारण भने पत्ता लागेको छैन। अमेरिकी संसदका सदस्यहरुले उक्त जहाजमाथि इरानी आक्रमण भएको कुनै संकेत नदेखिएको दाबी गरेका छन्। यसअघि इराकमै इरानी ड्रोन आक्रमणमा केही फ्रान्सेली सैनिक घाइते भएका थिए। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याँक्रोले उक्त घटनामा आफ्ना एक सैनिक मारिएको घोषणा गरेका छन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP