सुशीला मिश्र
(विजयनगर) कपिलवस्तु, २० चैत्र ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-५ र ३ नम्बर वडामा नागरिक आरोग्य कार्यक्रम अन्तर्गत नसर्ने रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विजयनगर गाउँपालिका आयुर्वेद शाखाको आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा पत्थरदेइया स्वास्थ्य चौकीका प्रमुख तथा जनस्वास्थ्य निरीक्षक बिरेन्द्र कुमार चौधरी र आयुर्वेद शाखाकी प्रमुख बिमला कुमारी चौधरीले सहजीकरण गर्दै नसर्ने रोगका कारण, लक्षण, रोकथाम तथा नियन्त्रणका उपायबारे विस्तृत जानकारी दिएका थिए ।
अभिमुखीकरण कार्यक्रममा स्थानीय महिला, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक तथा जनप्रतिनिधिहरूको सहभागिता थियो ।
कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले नसर्ने रोगहरू अहिले समुदायमा बढ्दो समस्याको रूपमा देखिएकाे बताउँदै यस्ता अभिमुखीकरण कार्यक्रमले जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन् । समुदायमा सबैले यसकाे बारेमा जानकारी सहभागीहरुलाई गराउन आग्रहसमेत गरिन् ।
यस्तै ५ का वडा अध्यक्ष अनवर मोहम्मद मुसलमानले स्थानीय स्तरमै यस्ता कार्यक्रम सञ्चालन हुनु सकारात्मक पक्ष भएको बताए । यसले समुदायलाई रोगबाट बच्न सचेत बनाउने बताउँदै खानपिनलाई विशेष ध्यान दिँदै स्वस्थ्य जीवनशैली अपनाउन आग्रह गरे ।
आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य समुदायमा नसर्ने रोगबारे जानकारी दिई रोकथाममा सहयोग पुर्याउनुका साथै नागरिकलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्नु रहेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया