Trending
flash भारतबाट अवैध रूपमा ल्याइएका १ हजार ५ सय चल्ला बरामद flash नागरिक यात्रुको गुनासो र समस्या तत्काल सम्बोधन गर्न यात्रु सहायता कक्ष स्थापना flash राकेश यादवले दिए कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ

विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान  

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, १६ बैशाख ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा किड्सद्वारा सञ्चालित ‘सबल बालिका, सबल समुदाय’ परियोजना अन्तर्गत बालबालिका तथा परिवार गतिविधिका लागि ‘एक घर, एक पठन कुना’ सिकाई उपलब्धीलाई प्रभावकारी बनाउन शैक्षिक सामग्री सहयोग गरिएको छ ।

किड्स संस्थाकी फिल्ड सुपरभाइजर बबिता विश्वकर्माका अनुसार परियोजना अन्तर्गत विद्यार्थीहरूलाई नम्बर गन्ने सामग्री, स्पन्ज अक्षर, स्पन्ज नम्बर, चरा चार्ट, जनावर चार्ट, तरकारी चार्ट, मेटा कार्ड, स्थायी मार्कर, स्वर अक्षर, व्यञ्जन अक्षर, अध्ययन टेबल, पी-फोम, साइन पेन, चार्ट पेपर, ड्रइङ कपी, पेन्सिल, कटर, इरेजर, पेन, कपी, लुडो, क्रेयन्स रङ तथा कार्टुन लगायतका सामग्री उपलब्ध गराइएको हो ।

किड्स संस्थाद्वारा सञ्चालित वडा नम्बर ३, ५ र ६ का ५२ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको जनाइएको छ । प्रति विद्यार्थीलाई ६ हजार रुपैयाँ बराबरको सामग्री उपलब्ध गराइएकाे हाे ।

सामग्री वितरण कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले बालबालिकाको सिकाई वातावरण सुधारका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताइन् । उनले घरमै सिकाईको वातावरण सिर्जना गर्न अभिभावकको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि बालबालिकाको शिक्षामा गाउँपालिकाले सहयोग जारी राख्ने बताइन् ।

किड्स संस्थाले बालबालिकालाई घरमै सहज रूपमा अध्ययन गर्ने वातावरण बनाउन ‘एक घर, एक पठन कुना’ अभियान सञ्चालन गरेकाे जनाएको छ । उक्त अभियानले बालबालिकाको पढाइप्रति रुचि बढाउने र सिकाइ उपलब्धीमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP