Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

क्रिकेटमा गुजरात टाइटन्सले सानदार जित

काठमाडौंः इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सानदार जित निकालेको छ। गएराति सम्पन्न खेलमा गुजरातले राजस्थान रोयल्सलाई ७७ रनले हराएको हो।

गुजरातले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको राजस्थान १६ ओभर ३ बलमा अलआउट हुँदै १ सय ५२ रनमा समेटियो।

राजस्थानका लागि रविन्द्र जडेजाले सर्वाधिक ३८ रनको योगदान दिए। यस्तै, वैभव सूर्यवंशीले ३६, ध्रुव जुरेलले २४, दसुन शनकले १६ तथा शुभम् दुवेले १५ रन जोडे।

गुजरातका राशिद खानले सबैभन्दा बढी ४ विकेट लिए। यस्तै, जेसन होल्डरले ३ तथा कागिसो रबाडाले २ विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २९ रन बनाएको थियो।
गुजरातका लागि शुभमन गिलले ८४ तथा साई सुदर्शनले ५५ रनको अर्धशतकीय पारी खेले। यस्तै, वासिङ्टन सुन्दरले ३७ रन बनाए। राजस्थानका ब्रिजेश शर्माले २, रविन्द्र जडेजा र यश पुञ्जाले १–१ विकेट लिए।

यो जितसँगै गुजरात टाइटन्स ११ खेलबाट १४ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ। पराजित भएको राजस्थान रोयल्स समान खेलबाट १२ अंकका साथ पाँचौँ स्थानमा छ। थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP