Trending
flash भारतबाट अवैध रूपमा ल्याइएका १ हजार ५ सय चल्ला बरामद flash नागरिक यात्रुको गुनासो र समस्या तत्काल सम्बोधन गर्न यात्रु सहायता कक्ष स्थापना flash राकेश यादवले दिए कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ

कपिलवस्तुकाे विभिन्न स्थानबाट २ लाख २८ हजार बढी अवैध सामान तथा मोटरसाइकल नियन्त्रणमा

कृष्णनगर, ३० बैशाख ।

कपिलवस्तु प्रहरीले विभिन्न स्थानबाट अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याइँदै गरेका सामान तथा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।  प्रहरीका अनुसार विजयनगर गाउँपालिका-६ जडपनिया सडक खण्डमा अस्थायी प्रहरी पोष्ट खड्चाबाट खटिएको टोलीले भारतबाट ल्याइँदै गरेको केरा, आँप र अनार बोकेको मोटरसाइकललाई पछ्याउँदा चालक सामान छोडेर फरार भएका थिए ।

अनुमानित बजार मूल्य १२ हजार ५ सय रुपैयाँ बराबरकाे सामान रहेको प्रहरीले जनाएको छ । बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कृष्णनगर पठाइएको छ ।

त्यसैगरी शुद्धोधन गाउँपालिका-२ बरगदवा स्थित इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको टोलीले भारतबाट भन्सार छली गरी ल्याइँदै गरेको पेय पदार्थ तथा चिनी बरामद गरेको छ । पेय पदार्थको मूल्य ४ हजार ८ सय रुपैयाँ र चिनीको मूल्य १२ हजार रुपैयाँ गरी कुल १६ हजार ८ सय रुपैयाँ बराबरको सामान बरामद गरिएको हो। सामान बोकेको मोटरसाइकल भने चालकले घटनास्थलमै छोडेर फरार भएको प्रहरीले जनाएको छ ।

यस्तै कृष्णनगर नगरपालिका-१२ जोशीडवा क्षेत्रमा भारतबाट नेपालतर्फ ल्याइँदै गरिएको कुखुराको चल्ला प्रहरीले नियन्त्रणमा लिएको छ । यूपी ५१ जे ७०९८ नम्बरको मोटरसाइकलमा ल्याइँदै गरेको १० कार्टुनमा रहेका १ हजार वटा चल्लाको अनुमानित मूल्य १ लाख रुपैयाँ रहेको छ ।

मोटरसाइकलको मूल्य समेत जोड्दा कुल २ लाख रुपैयाँ बराबरको सामग्री बरामद भएको प्रहरीले जनाएको छ । चल्लालाई स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीको रोहबरमा नष्ट गरिएको तथा मोटरसाइकल भन्सार कार्यालय पठाउने तयारी गरिएको छ ।

प्रहरीले तीनवटै घटनाबाट कुल २ लाख २९ हजार ३ सय रुपैयाँ बराबरको सामान बरामद गरेको जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP