Trending
flash लाैटन राम द्राेपदी देवी मावि गणेशपुरमा सरस्वती माताको प्राण प्रतिष्ठा तथा रासलीला महोत्सव हुँदै flash विजयनगरमा पनि मनाइयो राष्ट्रिय याेग दिवस flash विजयनगरमा २ सय ८० जना जेष्ठ नागरिक सम्मानित राजनीति सानेपामा रमेश लेखक : छलफलले सफलता पाउन सकेन राजनीति जेनजी अभियन्ता टासी ल्हाजोमको नाम समानुपातिकको बन्दसूचीबाट हटाए समाज सिंहदरबारभित्र नयाँ राष्ट्रिय सभा हल तयार समाज सिन्धुलीमा ठूलो मात्रामा अमेरिकी डलरसहित एक जना पक्राउ समाज अनाधिकृत रूपमा आपतकालीन ढोका खोल्दा उडान ढिलो समाज खुकुरी प्रहार गरी युवकको हत्या खेल नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने

नेपालले बधाई तथा शुभकामना सन्देश जापान पठायो


टोकियो, जापान

नेपालका परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले जापानका नवनियुक्त बिदेश मन्त्री तोसिमिचु मोतेगीलाई बधाई तथा शुभकामना सन्देश पठाउनुभएको छ ।

परराष्ट्र मन्त्री ज्ञवालीले जापानी समकक्षी मोतेगीलाई पठाउनुभएको बधाई तथा शुभकामना सन्देश जापानी बिदेश मन्त्रालयमा पठाईएको नेपाली राजदूतावास जापानका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले जानकारी दिनुभयो ।

बधाई तथा शुभकामना सन्देशमा नेपाल र जापानबिच सन् १९५६ बाट सुरु भएको कुटनीतिक सम्वन्ध सँधै सौहार्द र मित्रवत रहँदै आएको उल्लेख गरिएको छ ।

जापानका नवनियुक्त बिदेश मन्त्री मोतेगीको कार्यकालमा नेपाल र जापानबिचको द्धिपक्षिय सम्बन्ध थप विस्तार र मझबुत हुने अपेक्षा परराष्ट्रमन्त्री ज्ञवालीले शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ ।

मन्त्री ज्ञवालीले गत नोभेम्वर १८ तारिखमा आफुले जापान भ्रमण गरेको प्रसंग उल्लेख गर्दै तत्कालिन समकक्षी तारो कोनोले जनवरी १९ मा नेपाल भ्रमणमा रहँदा द्धिपक्षिय सम्वन्धका विविध पक्षमा छलफल भएको उल्लेख गर्नुभएको छ ।

बधाई सन्देशमा मन्त्री ज्ञवालीले कार्यकाल सफलताको कामना गर्दै आगामी दिनमा नेपाल र जापानबिचको सम्वन्ध थप सबल हुने विश्वास व्यक्त गर्नुभएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले बधाई तथा शुभकामना सन्देशमा नवनियुक्त जापानी बिदेश मन्त्री तोसिमिचु मोतेगीलाई नेपालमा स्वागत गर्न आतुर रहेको उल्लेख गर्नुभएको नेपाली राजदूतावास जापानका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP