Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, १८ असार ।

कपिलवस्तुको विजयनगर गाउँपालिका-६ मा दुई महिने आधारभूत सिलाई-कटाई तालिम समापन तथा सिलाई मेसिन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । ६ नम्बर वडा कार्यालयको आयोजनामा तथा माता सिद्धकाली मल्टी प्रपोज प्रालिको प्राविधिक सहयोगमा सञ्चालन गरिएको तालिममा १५ जना महिलाले आधारभूत सिलाई-कटाई सम्बन्धी सीप हासिल गरेका छन् ।

तालिम समापनसँगै प्रशिक्षार्थीलाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले सिलाई मेसिनसमेत हस्तान्तरण गरिएको वडा सचिव उमेश दाहालले जानकारी दिए । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा र वडा नं. ६ का अध्यक्ष प्रेम बहादुर कलवारद्वारा संयुक्त रूपमा प्रशिक्षार्थीलाई सिलाई मेसिन हस्तान्तरण गरिएको उनलेे बताए ।

कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सीपमूलक तालिमले महिलालाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सिकेको सीपलाई आयआर्जनसँग जोड्न आग्रह गरे । उनले व्यावसायिक रुपमा अगाडी बढेमा पालिकाबाट थप आवश्यक सामग्री सहयोग गर्ने बताए । उनले गाउँपालिकाले रोजगारमुखी तथा सीप विकासका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै वडा अध्यक्ष प्रेम बहादुर कलवारले तालिम केवल प्रमाण-पत्रमा सीमित नराखी व्यावसायिक रूपमा प्रयोग गर्न आग्रह गर्दै वडा कार्यालयले स्थानीय महिलाको आर्थिक सशक्तीकरणका लागि यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिरहेको बताए ।

तालिममा सहभागी प्रशिक्षार्थीहरूले तालिमबाट व्यावहारिक ज्ञान र सीप प्राप्त भएको भन्दै प्राप्त सिलाई मेसिनले स्वरोजगार बन्न थप हौसला मिलेको प्रतिक्रिया दिएका छन् ।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP