Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, १९ असार ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा १ दिने प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । खुरुहुरिया सामुदायिक कृषि सहकारी, सिमाना महिला विकास बचत तथा ऋण सहकारी तथा श्री बघमरवा कृषि सहकारी संस्थाको संयुक्त आयोजनामा तथा एन्जल फाउन्डेशन नेपाल शाखा गोरुसिङ्गेको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो ।

खुरुहुरिया सामुदायिक कृषि सहकारी संस्थाका व्यवस्थापक गाेवर्धन यादवका अनुसार कार्यक्रममा सहभागीहरूलाई प्राथमिक उपचार गर्ने आधारभूत विधि, आकस्मिक अवस्थामा अपनाउनुपर्ने सावधानी तथा गुप्त रोगका कारण, लक्षण, रोकथाम र उपचारका विषयमा जानकारी गराइएको छ । सचेतनामूलक कार्यक्रमले समुदायमा स्वास्थ्यप्रति जागरूकता अभिवृद्धि गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले स्वस्थ नागरिक नै समृद्ध समाजको आधार भएको उल्लेख गर्दै यस्ता स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । अध्यक्ष थापाले खानपिनकै कारण बढी राेग लाग्ने गरेको बताउँदै स्वस्थ खानपिनमा बढी ध्यान पुर्‍याउन आवश्यक रहेकाे जिकिर गरे ।

उनले समयमै सही जानकारी र प्राथमिक उपचारको ज्ञान भएमा धेरै जटिल स्वास्थ्य समस्याबाट बच्न सकिने उल्लेख गर्दै समुदायमा स्वास्थ्य शिक्षा विस्तार गर्न सबै सरोकारवालाले सहकार्य गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहकारी संस्थाका पदाधिकारी, स्थानीयवासी, महिला समूहका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP