Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

शल्यक्रियापछि सुत्केरीको मृत्यु, अस्पतालमाथि लापरवाहीको आरोप

कपिलवस्तु,
साउन १२ ।
कपिलवस्तु नगरपालिका–७, धमौली निवासी ३० वर्षीय चन्द्रमती यादवको उपचारका क्रममा मृत्यु भएपछि परिवारले कपिलवस्तु अस्पताल तौलिहवाको लापरवाहीका कारण घटना भएको आरोप लगाउँदै न्यायको माग गरेको छ।

पीडित परिवारका अनुसार चन्द्रमती यादवलाई सुत्केरी गराउन साउन ४ गते कपिलवस्तु अस्पतालमा भर्ना गरिएको थियो। साउन ७ गते शल्यक्रिया (अप्रेसन) मार्फत सुत्केरी गराइएको र त्यसपछि स्वास्थ्य अवस्था जटिल बनेपछि साउन ८ गते भैरहवास्थित मेडिकल कलेजमा रेफर गरिएको परिवारको भनाइ छ।
परिवारका अनुसार भैरहवा मेडिकल कलेजमा उपचारकै क्रममा साउन १२ गते साँझ ५:३० बजे चन्द्रमती यादवको मृत्यु भएको हो। कपिलवस्तु अस्पतालले शल्यक्रियाका क्रममा लापरवाही गरेको कारण मृत्यु भएको भन्दै परिवारले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ।
मृतकको शव हाल जिल्ला प्रशासन कार्यालय कपिलवस्तु अगाडि राखी पीडित परिवार तथा स्थानीयले न्यायको माग गर्दै प्रदर्शन गरिरहेका छन्।
यता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पीडित परिवारका सदस्य तथा अन्य सरोकारवालासँग प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा वार्ता भइरहेको जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP