Trending
flash लाैटन राम द्राेपदी देवी मावि गणेशपुरमा सरस्वती माताको प्राण प्रतिष्ठा तथा रासलीला महोत्सव हुँदै flash विजयनगरमा पनि मनाइयो राष्ट्रिय याेग दिवस flash विजयनगरमा २ सय ८० जना जेष्ठ नागरिक सम्मानित राजनीति सानेपामा रमेश लेखक : छलफलले सफलता पाउन सकेन राजनीति जेनजी अभियन्ता टासी ल्हाजोमको नाम समानुपातिकको बन्दसूचीबाट हटाए समाज सिंहदरबारभित्र नयाँ राष्ट्रिय सभा हल तयार समाज सिन्धुलीमा ठूलो मात्रामा अमेरिकी डलरसहित एक जना पक्राउ समाज अनाधिकृत रूपमा आपतकालीन ढोका खोल्दा उडान ढिलो समाज खुकुरी प्रहार गरी युवकको हत्या खेल नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने

टर्कीले गर्याे सिरिया माथि हमला

एजेन्सी असोज २३ ।

टर्कीले सिरियाको उत्तरी क्षेत्रमा हवाई हमला गरेको केही घन्टामा स्थलगत आक्रमण पनि सुरु गरेको छ ।

टर्कीको सैन्य फौज युफ्रेटिज नदीको पूर्वी क्षेत्रमा प्रवेश गरेर हमला थालेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । टर्कीले सिरियाली शरणार्थीलाई सुरक्षितरुपमा राख्नका लागि आक्रमण सुरु गरेको जनाएको छ ।

राष्ट्रपति रिसेप तैयप अर्दोआनले सैन्य कारबाहीमार्फत् कुर्द लडाकूलाई हटाएर सिरियाली शरणार्थीको बासस्थान सुरक्षित गर्न लागेको बताएका छन् ।

टर्कीले थालेको उक्त हमलाको सर्वत्र विरोध भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीले गरेको हमलाको निन्दा गरेका छन् ।अमेरिकाले आफ्ना सैनिक सिरियाबाट फिर्ता बोलाएको केही दिनमै कुर्द लडाकूको क्षेत्रमा हमला सुरु भएको छ ।

अमेरिकाको सैन्यशक्ति फिर्ता बोलाउने निर्णयले टर्कीलाई आक्रमणको बाटो खुलेको बताइएको छ ।यसअघि, टर्कीको फौजले सिरियाको तल अब्याद नगरमा गरेको स्थलगत आक्रमणमा कम्तीमा १० जना गैरसैनिक मारिएको बताइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP