गाैरिका र एलेक्जेन्डरले टाेक्याे ओलम्पिक खेल्ने

काठमाण्डौ – आउँदो वर्ष जापानमा हुने ओलम्पिकमा पौडीमा नेपालबाट गौरिका सिंह र एलेक्जेन्डर शाहले सहभागिता जनाउने भएका छन् ।

पौडी संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार टोक्याे ओलम्पिकमा नेपालबाट २ जना खेलाडी सहभागिता जनाउन पाउने भएकाले गौरिका र शाहले खेल्ने बताउनुभयो । 

गएको जुलाईमा दक्षिण कोरियामा भएको १८ औं फिना च्याम्पियनसिपमा नेपालबाट गौरिका र सोफिया शाह तथा एलेक्जेन्डर शाह र शुभम श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।

फिना च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा नेपालबाट टोक्याे ओलम्पिकमा गौरिका र एलेक्जेन्डरले खेल्ने भएका हुन् ।

फिना विश्व च्याम्पियनसिपमा गौरिकाले १ सय मिटर फ्रिस्टाइलमा १ मिनेट ०० दशमलव ६२ सेकेण्डको समय निकालेकी थिइन् । त्यस्तै २ सय मिटरको फ्रिस्टाइलमा २ मिनेट १३ दशमलव ०० सेकेण्डन्डको समय निकालेकी थिइन् । 

एलेक्जेन्डरले १ सय मिटर फ्रिस्टाइलमा ५६ दशमलव २८ सेकेन्डको टाइमिङ निकालेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP