Trending
राजनीति स्थानीयको ज्ञापनपत्र बुझ्दै ऊर्जामन्त्रीले भने- मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ अन्तर्राष्ट्रिय पाकिस्तानसँगको तनावपछि बन्द भारतका ३ राजनीति भारत-पाकिस्तानलाई हामीले संयम अपनाउन भन्यौँ, युद्ध रोकियो : ओली अपराध कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा स्वास्थ्य आवासीय चिकित्सकसँगको सहमति कार्यान्वयन गर्न कार्यदल गठन शिक्षा धमाधम ‘निजी स्कुल’मा वाणिज्य विभागको अनगुमन, कागजात लिएर शुल्कबारे अनुसन्धान गर्दै समाज साकेला उभौली चाड : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै समाज रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने समाज बनेपामा ऐतिहासिक चण्डेश्वरी जात्रा समाज पहलगाममा मारिएका सुदीपको परिवार भेट्न बुटवल पुगे राजदूत श्रीवास्तव

‘रिटर्नी माइग्रेंट नेपाल’को कपिलवस्तु शाखा गठन

चन्द्रौटा(कपिलवस्तु), २८ मंसिर ।

“प्रवाशबाट आर्जित सीप, ज्ञान र पूँजीलाई स्वदेशमा” भन्ने मूल नाराका साथ बैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको छाता संगठन ‘रिटर्नी माइग्रेंट नेपाल’ को कपिलवस्तु शाखा गठन गरिएको छ ।

बैदेशिक रोजगारीबाट फर्केर जिल्लाको विभिन्न स्थानमा छरिएर रहेका रिटर्नी नेपालीहरुको चन्द्रौटामा सम्पन्न भेलाले प्रेम सुनारको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरेको छ । कपिलवस्तु जिल्लाभरि छरिएर रहेका रिटर्नीहरुलाई एकजुट बनाएर लैजाने, बिभिन्न सम्भाबनाहरुलाई अध्ययन गरी देश बिकास र समृद्धितर्फ लैजानका लागि रिटर्नीहरुको तदर्थ समिति गठन गरिएको नव नियुक्त अध्यक्ष प्रेम सुनारले जानकारी दिए ।

तदर्थ समितिको उपाध्यक्षमा रोशन विश्वकर्मा, सचिवमा रमेश कुमार पाण्डे, कोषाध्यक्षमा सुभाष वि.क. र सदस्यहरुमा हरिबहादुर मल्ल, पञ्चम वि.क., चन्द्रशेखर सिंह, दीपक क्षेत्री, बाबुराम पाण्डेय, धनबहादुर वि.क., बिर बहादुर सुनार, अर्जुन वि.क., मिलन सुनार, अजय सुनार, श्रीराम थारु, रामु सुनार, नरेश खनाल सर्वसम्मत चयन भएका छन् ।

भेलामा ‘रिटर्नी माइग्रेंट नेपाल’ प्रदेश ५ का महासचिव प्रकाश शर्मा पौडेल र प्रदेश कोषाध्यक्ष ऋषिराम बस्यालको उपस्थिति रहेको थियो । महासचिव पौडेलले बैदेशिक रोजगारीबाट फर्किएका सम्पूर्ण रिटर्नीहलाई छाता संगठनमा आबद्ध हुन आग्रह गरेका छन् । उनले विभिन्न जिल्ला हुँदै नेपालका हरेक जिल्लामा शाखा विस्तार गर्ने प्रतिबद्धता जाहेर गरे । भेलामा कपिलवस्तु जिल्लाका विभिन्न स्थानीय निकायका रिटर्नीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP