Trending
flash कपिलवस्तु-३ मा काँग्रेसका शाह विजयी अन्तर्राष्ट्रिय नाबालिगका लागि पोर्न साइट बन्द खेल इङ्ल्याण्डलाई हराउँदै आयोजक भारतले टी- २० विश्वकपको फाइनलमा राजनीति शेखर कोइराला २५ सय मतले पछाडी राजनीति सर्लाही-४ मा गगनभन्दा अमरेश दोब्बर मतले अगाडि flash कपिलवस्तु-३ मा अभिशेष प्रताप शाह ७७१ मतले अग्रस्थानमा कपिलवस्तु क्षेत्र समाज २४ घण्टामा मतगणना सम्पन्न गर्ने तयारी अन्तर्राष्ट्रिय नागरिकको उद्धारका लागि सैन्य उडान र चार्टर उडानको व्यवस्था खेल खेलमा बुधबार दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच प्रतिस्पर्धा अन्तर्राष्ट्रिय पश्चिम एशिया तनाव : खाडीमा रहेका नेपालीको सुरक्षा चिन्ता

लागुऔषध ओसार-पसारमा संलग्न चार जना पक्राउ

सप्तरी – प्रहरीले सप्तरी र सिराहा जिल्लाका विभिन्न स्थानबाट लागुऔषध ओसार-पसारमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।

प्रहरी टोलीले उनीहरुलाई सप्तरीको बोदेबर्साइन, लहान नगरपालिका, सिराहको बरियापट्टि लगायतका स्थानबाट लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।  

भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३२ वाई ८४५० नम्बरको मोटरसाइकलमा सवार बोदेबर्साइन वडा नं. १० खडकपुर बस्ने २५ वर्षिय प्रेम कुमार मण्डल सिम्राहाबाट पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय सप्तरीले मण्डलको हेलमेटबाट निरटाभेट ट्याबलेट ७ पिस फेला पारेको हाे। 
    
यस्तै, बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको स १० प ७१५३ नम्बरको मोटरसाइकलमा सवार २६ वर्षिय उदय नारायण चौधरीलाई ठूलो परिमाणकाे लागुऔषधसहित पक्राउ गरेको थियो ।  
 
चौधरीको साथबाट लागुऔषध फेनारगन २ सय ५४ पिस, डाइजील्याप २ सय ५५ पिस र नोफिन २ सय ५२ पिस बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक कुमार तिमल्सिनाले जानकारी दिनुभयाे ।

 यस्तै शुक्रबार साँझ पनि सिरहाकाे प्रहरी टोलीले सिरहा नगरपालिका–१७ पटेर्वाबाट २६ वर्षीय मुहम्मद एमामुदिन र १९ वर्षीय मोहमद रहिमलाई पक्राउ गरेको थियो ।  

भारतबाट नेपालतर्फ आउँदै गरेको स ५ प ५०७५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा एमामुदिनको साथबाट नाईट्रोभेट ट्याबलेट ७ सय २० पिस फेला परेको थियो ।यस्तै, रहिमको साथबाट नाईट्रोभेट ट्याबलेट ४५ पिस गरी जम्मा ७ सय ६५ पिस ट्याबलेट बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

पछिल्लो केही समय यतादेखी सप्तरी र सिरहा जिल्ला लागुऔषध ओसार-पसारको केन्द्रबिन्दु बन्दै गएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP