Trending
समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता समाज दुर्घटना, डुबान र अपराधले थलिएको सुनसरी

संखुवासभामा भिरबाट लडेर एक जनाको ज्यान गयाे

संखुवासभा – संखुवासभाको सिलिचोङ गाउँपालिकामा भिरबाट लडेर एक जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा भोजपुर जिल्ला साल्पासिलिछो गाउँपालिका–२ घर भएका अन्दाजी ४८ वर्षीय एकराज विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ । 

प्रहरी निरीक्षक सन्तोषकुमार राईका अनुसार बुधबार भोजपुरबाट बालामा रहेकाे ससुराली घर आउने क्रममा महाभिर भन्ने ठाउँबाट लडेर विश्वकर्माकाे ज्यान गएको हाे । 

विश्वकर्मा बालाको महाभीरबाट करिब ५ सय मिटर तल खसेकाे प्रहरीले जनाएको छ । घटनास्थलबाट जानकारी आएपछि सिसुवाटार प्रहरी चौकीबाट खटिएकाे प्रहरी टोलीले सम्पूर्ण कानूनी प्रकृया पूरा शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी ल्याएकाे छ । 

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट झण्डै एक दिनको पैदल दूरीमा पर्दछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP