Trending
flash विजयनगरकाे डगडईका आगलागी पिडितलाई राहत वितरण flash विजयनगरमा नि:शुल्क स्वास्थ्य शिविर, ३ सय ९३ जनाले सेवा लिए राजनीति सांसदलाई बजेट बाँडेर बदनाम नगराइदिनू : सांसदहरू flash दूधाधारी नमुना माविमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया राजनीति लमजुङमा साबित्रा भण्डारी ‘साम्बा’को स्तम्भ, चोकको नाम राखियो साम्बा चोक राजनीति सिमेन्टमा नेपाल आत्मनिर्भर छ, अब स्वदेशमै खपत बढाऔँः मन्त्री दाहाल खेल नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा राजनीति रवि लामिछानेको मुद्दा प्रधानन्यायाधीशको इजलासमा राजनीति सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सरकारले बेवास्ता गरेको आरोप राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ?

एकै ओभरमा ६ छक्का प्रहार गर्ने विश्वका सातौँ क्रिकेटर !

काठमाण्डौ – न्युजिल्याण्डका ब्याट्सम्यान लियो कार्टरले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । 

भारतीय खेलाडी रवि शास्त्री र युवराज सिंह जस्तै उनले पनि एकै ओभरमा ६ छक्का प्रहार गर्ने खेलाडीको रुपमा इतिहासमा आफ्नो नाम लेखाएका छन् । 

उनी यस्तो उपलब्धि हासिल गर्ने विश्वका सातौँ क्रिकेटर बनेका छन् । कार्टरले यो उपलब्धि न्युजिल्याण्डको घरेलु टी–२० प्रतियोगिता ‘सुपर स्म्याश’मा नर्दन नाइटविरुद्ध आफ्नो टिम क्यानटरबरी किङ्सलाई जिताउँदा हासिल गरेका हुन् । 

२५ वर्षीय बायाँ हाते ब्याट्सम्यानले बाँया हाते स्पिनर एन्टन डिभिचको ओभरमा ६ छक्का प्रहार गरेका हुन् । कार्टरले २९ बलमा अविजित ७० रन बनाउँदा उनको टिमले दुई सय २० रनको लक्ष्य सात विकेटले जित्यो । 

कार्टर घरेलु र अन्तर्राष्ट्रिय दुवै स्तरमा सबै प्रारुपमा यो उपलब्धि हासिल गर्ने विश्वको सातौँ क्रिकेटर बनेका छन् । 

यो उपलब्धि हासिल गर्दै कार्टर ग्यारफिल्ड सोबर्स (सन् १९६८), रवि शास्त्री (सन् १९८४), हर्शेल गिब्स (सन् २००७), युवराज सिंह (सन् २००७), रस व्हाइट्ले (सन् २०१७), हजरतुल्लाह जजाई (सन् २०१८) को सूचीमा अटाएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP