Trending
flash शिवगढी सामुदायिक बन उपभोक्ता समुुहको १३औँ साधारण सभा सम्पन्न राजनीति पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अन्तर्राष्ट्रिय बीबीसीले गल्ती स्वीकार गर्दै माफी मागे पनि ट्रम्पले कानुनी कारबाही राजनीति मधेसमा भारतले आन्दोलन भड्काउने काम गर्‍यो : मुख्यमन्त्री यादव राजनीति प्रदेश सरकारले गाँजा खेतीसम्बन्धी नौ प्रकारका इजाजत दिनेगरी विधेयकको तयार राजनीति माओवादीबाट जनार्दन शर्मा, समाजवादीबाट घनश्याम भुसाल लगायतका नेताहरू आफ्नै अभियानमा flash खेलमा अर्जेन्टिनालाई जित दिलाउन लौटारो मार्टिनेज र मेसीले गोल राजनीति दक्षिण कोरियाबाट सञ्चारमन्त्रीले भने, निर्वाचनको वातावरण बनिसकेको छ राजनीति नेपालका लागि चीनका राजदूत छन सङले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न flash विजयनगर गाउँपालिकाकाे नयाँ प्रशासकीय भवनको शिलान्यास

पत्रकार पुडासैनीको मृत्यु प्रकरण पाेष्टमर्टम रिपोर्टमा के छ ?

काठमाडौं । झुन्डिएको अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडासैनीको पोस्टमार्टम रिपोर्ट चितवन प्रहरीमा पुगेको छ। तर, प्रहरीले रिपोर्टमा के छ भन्ने खुलाएको छैन ।

‘पोस्टमार्टम रिपोर्ट प्राप्त भएको छ । तर, रिपोर्टमा लेखिएको कुरा सार्वजनिक गर्न मिल्दैन,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दावबहादुर मल्लले भने, ‘हामी सबै प्रमाण जुटाउँदै छौँ । यस क्रममा थप नयाँ तथ्य पनि फेला परेको छ। अनुसन्धानपछि सबै तथ्य सार्वजनिक हुनेछ।’

झुन्डिएको अवस्थामा २० साउनमा भेटिएका पुडासैनीको २२ साउनमा काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालमा पोस्टमार्टम भएको थियो । अस्पतालले १० दिन लगाएर रिपोर्ट तयार पारेको हो।

पोस्टमार्टम रिपोर्टसँगै मृत्युअघि रेकर्ड गरिएको भिडियोको फरेन्सिक ल्याब परीक्षण पनि भइसकेको प्रहरीले जनाएको छ। पोस्टमार्टम र भिडियो ल्याब रिपोर्ट थप अनुसन्धानका लागि बलियो प्रमाण बनेको प्रहरीको भनाइ छ । २० साउन राति नारायणगढस्थित पोखरा बसपार्कको होटेल कंगारुमा झुन्डिएको अवस्थामा नुवाकोट बेलकोटगढी नगरपालिका–३ घर भएका २७ वर्षीय शालिकराम पुडासैनीको शव फेला परेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP