Trending
flash कपिलवस्तु-३ मा काँग्रेसका शाह विजयी अन्तर्राष्ट्रिय नाबालिगका लागि पोर्न साइट बन्द खेल इङ्ल्याण्डलाई हराउँदै आयोजक भारतले टी- २० विश्वकपको फाइनलमा राजनीति शेखर कोइराला २५ सय मतले पछाडी राजनीति सर्लाही-४ मा गगनभन्दा अमरेश दोब्बर मतले अगाडि flash कपिलवस्तु-३ मा अभिशेष प्रताप शाह ७७१ मतले अग्रस्थानमा कपिलवस्तु क्षेत्र समाज २४ घण्टामा मतगणना सम्पन्न गर्ने तयारी अन्तर्राष्ट्रिय नागरिकको उद्धारका लागि सैन्य उडान र चार्टर उडानको व्यवस्था खेल खेलमा बुधबार दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच प्रतिस्पर्धा अन्तर्राष्ट्रिय पश्चिम एशिया तनाव : खाडीमा रहेका नेपालीको सुरक्षा चिन्ता

थारु समुदायको पुरानो इतिहास बुद्धकालिनसँग सम्बन्धित छ ः–सदस्य थारु ।।

राम अवतार चौधरी
कपिलवस्तु, ६ माघ ।

थारु समुदायको पुरानो इतिहास बुद्धकालिनसँग सम्बन्धित छ जुन समयमा सबैभन्दा शिक्षित थारु समुदाय रहेको संविधान सभा सदस्य विश्राम प्रसाद थारुले बताएका छन् । थारु कल्याणकारी सभा शिवराज नगर कार्य समितिको आयोजनामा भएको प्रथम शिवराज नगर स्तरिय माघी(खिचडी) महोत्सवलाई समुद्घघाटन गर्दै थारुले यस्तो बताएका हुन् ।

बुद्ध थारुका सन्तान हुन् पहिले थारुहरूको आफ्नै राज्य थियो थारु एक सचेत समुदाय भन्दा फरक थिएन् । तर अब भने थारु समुदाय यति पछि परिसकेया कि आफ्नो कला, संस्कृति, भेषभुषा, रितिरिवाज सबै लोप हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै युवा पुस्ताले संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्न जरूरी रहेको उनले बताए ।

सभा सदस्य थारुले थारुहरूको आफ्नै भाषा समेत लोप हुँदै गएको बताउँदै यस्तो कार्यक्रमले थारु समुदायको संस्कृति जर्गेना हुने जनाए । उनले भने ( संस्कृति मात्रै बचाएर हुँदैन शैक्षिक, राजैनितिक र सामाजिक स्तरमा समेत थारु समुदायको विकास हुनुपर्नेमा जोड दिए । एसियामै कला, संस्कृतिले भरिपुर्ण समुदाय मध्य थारु समुदाय अग्रस्थानमा रहेको जनाउँदै आफ्नो मौलिकता झल्किने भेषभुषा, संस्कार, संस्कृति र पहिचान जस्ता हरेक महत्त्वपूर्ण चालचलनलाई मध्यनजर गर्दै आयोजना गरिएकोमा हर्ष समेत व्यक्त गर्दै थारु सुमदायको माघी पर्वको रौनक उल्लेखनीय रहेको समेत थारुले बताए ।

यस्तै महोत्सव माघ २ गते हुने सम्पूर्ण तयारी पुरा भए पनि मौसम प्रतिकूल भएका कारणले ५ गतेका लागि महोत्सव सारिएको महोत्सव संयोजक इन्द्रबहादुर थारुले जानकारी दिए ।

“थारु संस्कृतिके संरक्षण, सम्बर्द्धन आउर प्रबर्द्धनके हम्मन अभियान, न्याय, समानता अउर पहिचान सहितके स्वायत्त थरुहट प्रदेश निमार्ण“ भन्ने मुल नाराका साथ आजबाट सुरु भएको हो । थारु पहिचान झल्किने भेषभुषामा सजिएका पोशाक सहित थारु समुदायका अगुवा, समाजसेवी लगायत आम समुदायको झाँकी सहित र्याली निकालिएको थियो ।

त्यसैगरी शिवराज नगर उप(प्रमुख शिवकुमारी थारुले थारु समुदायको बडघर चुन्ने देखि लिएर घरको भागबन्डा समेत माघी पर्व अर्थात् लावा बर्षमा हुने गर्थयो यस थारुहरूको मौलिक पहिचानलाई बिर्सिउनु हुदैन् । हामी थारु कुनै कार्यक्रममा सहभागी हुँदै छौँ भने अरुको पोशाक लगायत गर(गहना मागेर वा सापटी लगाउने गर्दैछौं तर अब त्यो चलन हटाउनुपर्ने जरूरी रहेको उप प्रमुख थारुले बताईन् । उनले भनिन् ( यसलाई जोगाई राख्न म्युजियमको पनि खाँचो रहेको बताउँदै यसको लागि शिवराज नगरपालिकाले पहल गरिरहेको समेत थारु उल्लेख गरिन ।

त्यस्तै सुप्रिय इलेक्ट्रिकसका प्रोपराईटर हिरालाल थारुले कार्यक्रममा बोल्दै थारु समुदाय एक यस्तो समुदाय हो जुन हरेक क्षेत्रमा अगाडि भए त पनि शिक्षामा हेर्ने हो भने तल्लो स्तरमा सबै बालबच्चाहरू विद्यालयको पहुँचमा हुन्छ । तर माथिल्लो लेबल सम्म पुग्दा बिरलै थारु समुदायका व्यक्ति पुगेका हुन्छन् त्यसमा दुस्खेसो पोख्दै सरकारी तहबाट नै थारु आरक्षणको व्यवस्था छ तर विडम्बना त्यसलाई समेत थारु समुदायले उपयोग गर्न नसकिरहेको बताउँदै थारुहरूको पहिचान लोप हुँदै गएको प्रति थारुले चिन्ता समेत व्यक्त गरे ।

चन्द्रौटा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले थारु भाषामा कार्यक्रमलाई सम्बोधन गर्दै थारु पहिचान बचाउनका लागि यस्ता माघी महोत्सवले कुसल भुमिका खेलेको प्रति खुसि व्यक्त गर्दै थारु समुदायको इतिहास लामो नभेटिएको बताए । उनले भने इतिहास खोज्न र त्यसलाई प्रबर्द्धन गर्न निकै महत्त्वपूर्ण रहेको समेत पोख्रेलले बताए ।

यस्तै शिवराज नगर प्रमुख नेत्रराज अधिकारीले महोत्सवमा बोल्दै थारुहरू तराईको मुलबासी रहेको बताउँदै थारु समुदाय एक यस्तो समुदाय हो जसले आफ्नो कला, संस्कृति र पहिचानलाई बचाएको सरकारलाई अति महत्त्वपूर्ण योगदान र्पुयाएको जनाए । र उनले भने थारुहरु माटोसँग खेलेर अरूलाई पाल्ने गरेको छ जसलाई हामीले धर्तीपुत्र भनेर चिन्छौँ । थारु समुदायले आयोजना महोत्सवको गरेको कार्य प्रशंसा गर्दै थारुको पहिचानसँगै शिवराज नगरपालिकाको समेत एक छुट्टै पहिचान बनाएको प्रति हर्ष र सफलताको शुभकामना समेत प्रमुख अधिकारीले व्यक्त गरे ।

शिवराज नगरपालिका वडा नं.२ का वडाध्यक्ष राम बहादुर थारुले थारुहरू मलतवाला जातीको रूपमा एउटा सङगालोे झुन्डाइएको हुँदा थारु समुदाय अब जाग्नुपर्ने बेला आएको छ त्यो साङगालोलाई टुटाएर शिक्षा र चेतनाको स्तर माथी उकास्नु आवश्यक रहेको उनले बताए ।

थारु समुदायको माघी पर्वको रौनक झनै उत्साहजनक रहेका बिशेष माघी पर्व हो । यस समुदायको अस्तित्व सहितको पहिचान जोगाउनु आवश्यक रहेको र कला, संस्कृति, रितिरिवाजलाई जोगाउनुपर्ने कार्यक्रममा बोल्ने अधिंकाश वक्ताले जोड दिएका थिए ।

त्यसैगरी महोत्सवको पहिलो दिन गणेश चौधरी, विष्णु थारु, विशाल चौधरी, शारदा थारु लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूले दर्शकहरूफरलाई मनोरञ्जन दिएका थिए ।

महोत्सव इन्द्रबहादुर थारुको संयोजकतत्व, संविधानसभा सदस्य विश्राम प्रसाद थारुको प्रमुख आतिथ्यता, शिवराज नगरप्रमुख नेत्रराज अधिकारी, उप(प्रमुख शिवकुमारी थारु, थाकस केन्द्रीय सदस्य जंजिरप्रसाद थारु, सुमित्रा थारु,चन्द्रौटा व्यापार संघ कपिलवस्तुका अध्यक्षमहादेव पोख्रेल, सुप्रिय इलेक्ट्रिकसको प्रोपराइटर हिरालाल थारु, मानव अधिकार प्रतिष्ठानका कपिलवस्तु अध्यक्ष विष्णुप्रसाद खतिवडा लगायतको आतिथ्यता, थाकस कपिलवस्तु जिल्ला सभापति उमाशंकर थारुको स्वागत, रञ्जित थारु र सिमा थारुको सञ्चालनमा आइतबारबाट कार्यक्रम सुरु भएको हो र सो महोत्सव माघ ७ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP