Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा खटिएका डाक्टरकै ज्यान गयो

चीनमा कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा खटिएका एकजना डाक्टरकै ज्यान गएको छ । सिन्ह्वा अस्पताल वुहानमा कार्यरत ६२ वर्षका डाक्टर लियाङ वुदोङको शनिबार बिहान ज्यान गएको चिनियाँ समाचार संस्था साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

प्रकोपकै रुपमा कोरोना भाइरस फैलिएको चीनमा उपचारमा संलग्न डाक्टरकै ज्यान गएको यो पहिलो घटना भएको खबरमा उल्लेख छ । अहिलेसम्म २९ वटा प्रान्तका १ हजार २ सय ८७ जनामा कोरोना भाइरस भएको पुष्टि भएकोमा ७ सय २९ जना हुवेईका बासिन्दा रहेको सरकारी अधिकारीले पुष्टि गरेका छन् ।

हुबेईमा अहिलेसम्म ३९ जनाको ज्यान गएको छ भने हेबेई र हेइलोङझियाङमा एक एक गरि ४१ जनाको ज्यान गैसकेको छ । शुक्रबारमात्रै हुबेइमा १ सय ८० जना कोरोना भाइरसका नयाँ विरामी थपिएका छन् ।

यस्तै ग्वान्झीमा दुई वर्षकी बालिकामा पनि कोरोनाको संक्रमण भएको पाइएको छ । अहिलेसम्म चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालसहित अमेरिका, हङकङ, मकाउ, ताइवान, फ्रान्स लगायत १२ देशमा भेटिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP