Trending
flash विजयनगरकाे डगडईका आगलागी पिडितलाई राहत वितरण flash विजयनगरमा नि:शुल्क स्वास्थ्य शिविर, ३ सय ९३ जनाले सेवा लिए राजनीति सांसदलाई बजेट बाँडेर बदनाम नगराइदिनू : सांसदहरू flash दूधाधारी नमुना माविमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया राजनीति लमजुङमा साबित्रा भण्डारी ‘साम्बा’को स्तम्भ, चोकको नाम राखियो साम्बा चोक राजनीति सिमेन्टमा नेपाल आत्मनिर्भर छ, अब स्वदेशमै खपत बढाऔँः मन्त्री दाहाल खेल नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा राजनीति रवि लामिछानेको मुद्दा प्रधानन्यायाधीशको इजलासमा राजनीति सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सरकारले बेवास्ता गरेको आरोप राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ?

लुम्बिनी बाणिज्य क्याम्पसमा नेबि संघले बनायो सुरजलाई स्ववियु सभापतिको उम्मेद्वार

राम भण्डारी /बुटवल – बिस २०४९ साल ११ महिना ८ गते गुल्मी जिल्लाको मालिका गाउँपालिका सिमलटारीमा जन्मिएका सुरज क्षेत्री सानै देखी फुर्तिला र जोसिला ब्यक्ती हुन । प्राथमिक तह सम्मको अध्ययन सिमलटारीमा रहेको किसानटारी आवसिय माबी बाट पुरा गरे । प्राथमिक तह पुरा गरिसकेपछी अध्ययनको लागि जिल्ला सदरमुकाम तम्घासमा झरे र माद्यामिक तह तम्घासको अर्जुन र आदर्श आवसिय माबी बाट पुरा गरे ।

तम्घास अध्ययनको सिलसिलामा बस्दा भेट हुन थालयो गुल्मीका जुझारु विद्यार्थी नेता धर्मराज पाण्डे , धर्म संग भेट हुँदांँ उनी नेबी संघको कुरा सुनेर लठिन्न थाले अन्तत उनले आफ्नो जीवन राजनीतिमै केही गर्ने भन्दै कक्षा ७ मा पढ्दा लिए नेबी संघको सदस्यता । जव उनले नेबी संघको सदस्यता लिए उनमा थप उर्जा पलायो त्यसइ क्रममा उनी त्यहाँको अध्ययन पुरा गरिसकेपछी झरे बुटवल र भर्ना भए लुम्बिनी बाणिज्य क्याम्पसमा ।

ब्यबस्थापना संकायको पश्चिम क्षेत्रकै ठुलो क्याम्पस बाणिज्य क्याम्पसमा २०६६ सालमै भर्ना भएपछी त्यहाँ विद्यार्थी नेता टंक पाण्डे संग भेटहुन थाल्यो र उनी टंक सँगै नजिक भए अन्तत २०६६ सालमै नेबी संघ लुम्बिनी बाणिज्य क्याम्पस इकाई सदस्य चुनिए । २०६६ देखी २०६८ सम्म निकै कठोर राजनैतीक यात्रा गरेपछी २०६८ मा इकाई उपा-ध्यक्षमा चुनिए सुरज ।

२०६८ देखी २०७२ सम्मको लामो विद्यार्थी यात्रा पछी नेबी संघ इकाई सभापती टंक पाण्डे नेबी संघको केन्द्रिय सदस्य उठ्ने कुरो भो अनी कार्यकाल सुरजको पल्लामा आयो र २०७२ सलमै उनी त्यहाका इकाई सभापति भए भने टंक पाण्डे केन्द्रिय सदस्यमा निर्वाचित भए । सुरज अहिले एमबिएस अध्ययन गर्दै छन ।

सुरज क्षेत्रीले आफ्नो कार्यकाल भित्र सुस्तामा राहत बितरण , भुकम्प पीडितको लागि राहत बितरण , भुकम्प प्रभाबित क्षेत्र दोलखामा पुगी खाद्यान्न हस्तान्तरण , निर्मलाको न्यायका लागि नेबी संघ इकाई बाणिज्य क्याम्पस बाट उल्लेख्य विद्यार्थीको उपस्थितीमा अभियान सञ्चालन लगायतका कार्य गरी विद्यार्थी , जिल्ला नेता र क्याम्पस प्रशासन संग निकै राम्रो सम्बन्ध बनाएका सुरज क्षेत्री नेबी संघ लुम्बिनी बाणिज्य क्याम्पसका स्ववियु उम्मेद्वार सर्बसम्मत चयन भएका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP