Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा बिक्री प्रकरणमा थप अनुसन्धान हुँदै


बाँके

प्रसिद्ध बागेश्वरी मन्दिर गुठीको ८४ बिघा जग्गा रैकर बनाएर बिक्री वितरण गरेको पाइएपछि थप खोजी सुरु भएको छ ।

भूमि सुधार तथा मालपोत कार्यालय बाँके र मन्दिर व्यवस्थापन समितिले थप खोजी कार्य अघि बढाएका हुन् । यसै विषयमा बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेमा बैठक बोलाएको थियो । मालपोत कार्यालय बाँकेको २०२७ साल पुस १३ गतेको निर्णयअनुसार बागेश्वरी गुठीको जग्गालाई परम्परा पालन गर्ने र मालपोत तिर्ने गरी रैकर बनाइएको हो ।

गुठी रैतान नम्बरी ९रैकर० जग्गा धितो,बन्धक र खरिद बिक्री गर्न सकिने व्यवस्था रहेको छ । यही निर्णयपछि बागेश्वरी मन्दिरको जग्गा बिक्री वितरण सुरु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले जनाएको छ । रैकर भएलगत्तै पनि मन्दिरका पुजारी चन्दननाथ र हरिहरनाथको नाममा सुरुमा जग्गा भएको देखिन्छ ।

यसरी रैकर बनाइएको जग्गा विभिन्न व्यक्ति हुँदै सयौँ कित्ताकाट भइसकेको अवस्थामा भेटिएको छ । मालपोतको तथ्यांकअनुसार नेपालगञ्ज, जानकी गाउँपालिकाको साविक इन्द्रपुर ३ ९क र खजुरा गाउँपालिकामा गरी करिब एकसय बिघा जग्गा रहेकोमा इन्द्रपुर ३९क को सबै ८४ बिघा जग्गा बिक्री वितरण भएको पाइएको छ ।

बागेश्वरी मन्दिर रहेको नेपालगञ्जको जग्गासमेत मन्दिरको नाममा आउन सकेको छैन । मन्दिरको जग्गा गुठीअन्तर्गत भए पनि विवादका कारण दर्ता हुन नसकेको हो ।

बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले मन्दिरको नाममा जग्गा दर्ता गर्ने प्रक्रियामा रहेको जानकारी दिँदै जग्गा बिक्री वितरण भएको विषयमा समेत अध्ययन भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP