Trending
flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्रीबीच एक घन्टा लामो बैठक

काठमाडौं भदौ ५

३ बजे सुरु हुने भनिएको परराष्ट्रमन्त्री स्तरीय बैठकमा नेपाली प्रतिनिधिमण्डल ५ बजेसम्म जयशंकरको प्रतीक्षामा प्रधानमन्त्री केपी शर्मा ओलीले कूटनीतिक मर्यादा नाघेर भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशंकरसँग एकान्त वार्ता गरेका छन् । ओली–जयशंकर वार्ताले दुई देशबीचको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक दुई घन्टा पछि धकेलिएको थियो । अपराह्न ३ बजेलाई तय भएको आयोगको बैठक ५ बजे मात्रै सुरु भएको थियो ।

प्रधानमन्त्री ओलीसँगको वार्ता पूर्वनिर्धारित नरहेको संकेत विदेशमन्त्री जयशंकरले ट्विटरमा दिएका छन् । व्यस्तताबीच प्रधानमन्त्री ओलीले समय दिएकोमा आफूलाई सन्तोष लागेको जनाएका छन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यानो र विस्तृत छलफल भयो । अत्यन्त व्यस्तताबीच र पूर्वनिर्धारित व्यस्तताबीच मलाई स्वागत गर्नुभएकोमा प्रशंसा गर्छु,’ जयशंकरले ट्विट गरेका छन् ।

विगतमा संयुक्त आयोगको बैठक सम्पन्न भएपछि मात्रै विदेशमन्त्रीहरूले प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्ने चलन थियो । पाँच वर्षअघि भएको आयोगको तेस्रो बैठक सकिएपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासँग शिष्टाचार भेट गरेकी थिइन् ।

प्रधानमन्त्रीसँग एकान्त वार्ता गरेपछि मात्रै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र समकक्षी जयशंकरबीच भेटवार्ता भयो । संयुक्त आयोगको बैठकअघि ज्ञवाली र जयशंकरबीच होटेल याक एन्ड यतीमा करिब १५ मिनेट भेटवार्ता भएको हो । प्रधानमन्त्री ओलीसँगै दुई देशबीचका सबै विषयमा छलफल भएका कारण परराष्ट्रमन्त्रीद्वयबीचको भेटवार्ता सामान्य शिष्टाचारमा सीमित रहेको कूटनीतिक स्रोतले बताएको छ ।

बलियो सहकार्यमा जोड
भारतीय विदेश मन्त्रालयका अधिकारीसहित बालुवाटार पुगेका जयशंकरले प्रधानमन्त्रीसँग एकान्त वार्ताअघिको औपचारिक शिष्टाचार भेटमा नेपालको स्थिरताप्रति सन्तोष व्यक्त गरेका छन् । उनले दुवै देशका बलियो सरकारबीच सहकार्यमा जोड दिएका थिए । जयशंकरले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे पनि चासो राखेका छन् । प्रधानमन्त्री ओली बिहीबार स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाँदै छन् ।

इपिजी रिपोर्ट बुझ्ने सन्देश
प्रधानमन्त्री ओली र जयशंकरबीच १९५० को सन्धि पुनरावलोकन गर्ने नेपाल–भारत प्रबुद्ध समूहको प्रतिवेदनबारे पनि छलफल भएको थियो । ‘जयशंकरले उपयुक्त समयमा प्रतिवेदन बुझ्ने सन्देश दिनुभएको छ,’ प्रधानमन्त्रीका सल्लाहकार डा. राजन भट्टराईले भेटवार्तापछि पत्रकारहरूसँग भनेका छन् । परराष्ट्र मन्त्रालयका अधिकारीहरू भने यो विषयमा बोल्नै चाहँदैनन् ।

पुनर्निर्माण र हुलाकी राजमार्गमा सहयोग
संयुक्त आयोगको बैठकअघि भारतले पुनर्निर्माणका लागि दिने घोषणा गरेमध्ये दुई अर्ब ४५ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई भारतीय राजदूत मञ्जीवसिंह पुरीले चेक हस्तान्तरण गरेका छन् । भारतले हुलाकी राजमार्गका लागि ८० करोड रुपैयाँको चेक पनि हस्तान्तरण गरेको छ । खाद्य सुरक्षा तथा गुणस्तरसम्बन्धी समझदारीमा पनि हस्ताक्षर भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP