Trending
flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन

४७ जिल्लामा १ रुपियाँ खुत्रुकी अभियान

पर्वती पण्डे कपिलवस्तु ५ भदौ

देशका ४७ जिल्लामा १ रुपियाँ खुत्रुकी अभियान बिस्तार गरिने भएको छ । मञ्च गठन भएका यि जिल्लामा अभियानलाई बिस्तार गरिने भएको हो । ग्रामीण महिलाको शक्ति , आवाज र रुपान्तरण आधारको रुपमा २०६५ सालमा राष्ट्रिय महिला अधिकार मञ्च गठन भएको हो । मञ्चको व्यवस्थित र प्रभावकारी परिचालनको लागि यसको सांगठनिक नियमावली बनाई आवश्यकता अनुसार संशोधन गरि कार्यान्वयनमा ल्याइएको छ । छरिएर रहेका ग्रामीण महिलालाई संगठीत गर्दै शसक्त सामाजिक अभियानको माध्यमबाट महिलाको मर्यादित र आत्मनिर्भर जिवनको लागि मञ्च गठन गरिएको हो । राष्ट्रिय महिला अधिकारमञ्चका केन्द्रीय महासचिव निर्मला महतराले हिंसामा परेका महिलाहरुको उद्धारका लागि १ रुपियाँ खुत्रुकी अभियानलाई प्रभावकारी बनाइने बताएकी छन । वुधवार सिद्धार्थ सामाजिक विकास केन्द्र जितपुर कपिलवस्तुमा मञ्चले राखेको कार्यक्रममा उनले यस्तो बताएकी हुनु । १ रुपियाँ वचत अभियानले पिडित महिला र अभियानका लागि स्रोत जुटाउन थप सहयोग हुने उनले स्पष्ट पारिन । मञ्चले राखेको एक रुपियाँ अभियान सञ्चालन निर्देशिका सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रममा बोल्दै सिद्धार्थ संस्थाका उपाध्यक्ष सुर्यकुमारी शाहिले महिला अधिकारका लागि संस्थाले सधैभर सहयोग गर्ने प्रतिवद्धता जनाइन । १ रुपियाँ वचत अभियानलाई सबैले सहयोग गर्नु पर्ने उनले जनाइन । कार्यक्रममा मञ्चका पुर्व केन्द्रीय सचिव चेतना अधिकारीले मञ्चको रणनिति र निर्देशिकाका बारेमा प्रष्ट्याएकि थिइन । मञ्चका अध्यक्ष राधा पौडेलको अध्यक्षता सचिव पबित्रा बिकको सञ्चालन एवं रीता पाण्डेको स्वागतमा भएको कार्यक्रममा राष्ट्रिय वुद्धदर्पण दैनिकका सम्पादक पार्वती पाण्डे , मिरमिरे वचत तथा ऋण सहकारीका अध्यक्ष शान्ता पाण्डे , सामाजिक अभियान्ता प्रकाश घिमिरे , एकल महिला समुहका जिल्ला अध्यक्ष रुपा गुरुङ लगायतले महिला अधिकारका बारेमा बोलेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP