Trending
flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन

भारतीय विदेशमन्त्रि भ्रमण सकाएर स्वदेश फर्किने लगत्तै चिनियाँ विदेश मन्त्रि नेपाल भ्रमणमा आउने

काठमाडौ भदौ ७
भारतीय विदेशमन्त्री एस।जयशंकर नेपाल भ्रमण सकाएर स्वदेश फर्कि सकेपछि चिनियाँ विदेश मन्त्री वाङ यीको नेपाल भ्रमण हुने तयारी शुरु भएको छ ।

भदौंको अन्तिम हप्ता मन्त्री यी नेपाल आउने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । चिनियाँ राष्ट्रपति सी जिन्पिङको असोजमा हुने भ्रमणको तयारीका लागि उहाँ नेपाल भ्रमणमा आउन लाग्नु भएको हो ।
मन्त्री यी नेपालमा दुईदिनसम्म रहनु हुनेछ । दुई दिनमा उहाँले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, समकक्षी परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत सुरक्षा निकायका प्रमुख र शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतको भनाई छ ।

नेकपाका अध्यक्ष समेत रहेका अ‍ोली प्रधानमन्त्री भएपछि चीनबाट पहिलो उच्चस्तरीय भ्रमण हो । नेपालबाट राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु लगायतले चीनको भ्रमण गरिसक्नु भएको छ तर चीनबाट त्यो स्तरको भ्रमण भएको थिएन ।

राष्ट्रपति सी जिन्पिङ भारतको भ्रमणबाट नेपाल हुँदै फर्किने बताईएको छ । छोटो समयका लागि नेपालमा रहने र केही उच्चस्तरीय भेटघाट गरी चीन फर्किने चिनियाँ पक्षको तयारी रहेको छ तर नेपाल हालसम्म त्यसको तयारीमा जुटेको छैन ।

२०६९ मा चिनियाँ प्रधानमन्त्री नेपाल आउँदा यहाँ केही तयारी थिएन । चिनियाँ प्रधानमन्त्री नेपालमा आधा दिन मात्र बस्नु भएको थियो तर नेपालको तयारीप्रति असन्तुष्टि जनाउँदै उहाँ फर्किनु भएको थियो । यसपटक पनि त्यस्तै भइरहेको छ । राष्ट्रपति आउने समय नजिक आइरहेको छ तर नेपालको कुनै तयारी देखिएको छैन । अन्तिम पटक चिनियाँ राष्ट्रपति जियाङ जमिनले सन् १९९६ मा काठमाण्डूको भ्रमण गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP