Trending
flash भारतबाट अवैध रूपमा ल्याइएका १ हजार ५ सय चल्ला बरामद flash नागरिक यात्रुको गुनासो र समस्या तत्काल सम्बोधन गर्न यात्रु सहायता कक्ष स्थापना flash राकेश यादवले दिए कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ

भारतीय विदेशमन्त्रि भ्रमण सकाएर स्वदेश फर्किने लगत्तै चिनियाँ विदेश मन्त्रि नेपाल भ्रमणमा आउने

काठमाडौ भदौ ७
भारतीय विदेशमन्त्री एस।जयशंकर नेपाल भ्रमण सकाएर स्वदेश फर्कि सकेपछि चिनियाँ विदेश मन्त्री वाङ यीको नेपाल भ्रमण हुने तयारी शुरु भएको छ ।

भदौंको अन्तिम हप्ता मन्त्री यी नेपाल आउने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । चिनियाँ राष्ट्रपति सी जिन्पिङको असोजमा हुने भ्रमणको तयारीका लागि उहाँ नेपाल भ्रमणमा आउन लाग्नु भएको हो ।
मन्त्री यी नेपालमा दुईदिनसम्म रहनु हुनेछ । दुई दिनमा उहाँले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, समकक्षी परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत सुरक्षा निकायका प्रमुख र शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतको भनाई छ ।

नेकपाका अध्यक्ष समेत रहेका अ‍ोली प्रधानमन्त्री भएपछि चीनबाट पहिलो उच्चस्तरीय भ्रमण हो । नेपालबाट राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु लगायतले चीनको भ्रमण गरिसक्नु भएको छ तर चीनबाट त्यो स्तरको भ्रमण भएको थिएन ।

राष्ट्रपति सी जिन्पिङ भारतको भ्रमणबाट नेपाल हुँदै फर्किने बताईएको छ । छोटो समयका लागि नेपालमा रहने र केही उच्चस्तरीय भेटघाट गरी चीन फर्किने चिनियाँ पक्षको तयारी रहेको छ तर नेपाल हालसम्म त्यसको तयारीमा जुटेको छैन ।

२०६९ मा चिनियाँ प्रधानमन्त्री नेपाल आउँदा यहाँ केही तयारी थिएन । चिनियाँ प्रधानमन्त्री नेपालमा आधा दिन मात्र बस्नु भएको थियो तर नेपालको तयारीप्रति असन्तुष्टि जनाउँदै उहाँ फर्किनु भएको थियो । यसपटक पनि त्यस्तै भइरहेको छ । राष्ट्रपति आउने समय नजिक आइरहेको छ तर नेपालको कुनै तयारी देखिएको छैन । अन्तिम पटक चिनियाँ राष्ट्रपति जियाङ जमिनले सन् १९९६ मा काठमाण्डूको भ्रमण गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP