Trending
flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन

सरकारको बेइमानी ५ बर्ष बितिसक्दा पनि कपिलवस्तुका उखु किसानले पाएन्न २.५ करोड


निरहु यादव

कपिलवस्तु , भादौ ८
५ बर्ष बितिसक्यो तर कपिलवस्तु का किसानले २ करोड ४८ लाख २३हजार रुपैया उखुको भुक्तानी कहिले पाउने निश्चित छैन । आर्थिक बर्ष २०७१/७२ मा अधिराज्य भरी नै सुगर्स मील मार्फत कारोबार गर्ने किसानहरुलाई प्रति क्विन्टल २५ रुपैया उखु प्रवर्द्धन खर्च बापत दिने रकम भुक्तानी गरिसकेको छ तर श्रीमहालक्ष्मी सुगर्स मील जवाभारी कपिलवस्तु मार्फत कारोबार गरेका किसानहरूलाई उखु प्रवर्द्धन खर्च बापत २५ रुपैया भुक्तानी नगरी यो सरकार बेइमानी गरिरहेको किसान संघ कपिलवस्तुका अध्यक्ष अनुप कुमार चौधरीको भनाइ रहेको छ । सुरुमा मीलले विवरण पठाएन पछि अर्थिक मन्त्रालयले मागे पछि सम्पुर्ण विवरण समयमै उपलब्ध गराइएको थियाे । कपिलवस्तु किसान संघले पटकपटक विभिन्न माध्यमबाट सरकार द्वारा सो रकम किसानहरुलाई उपलब्ध गराउन माग गर्दै आएको छ । सो रकम भुक्तानी गरिदिने सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय , गृह मन्त्रालय र कृषि मन्त्रालयले पालैपालो अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको बर्ष दिन समेत बितिसक्दा अर्थ मन्त्रालयको कुनै प्रतिक्रिया नआएकोले बाध्य भएर नै पटकपटक आन्दोलन गर्नु परिरहेको संघका अध्यक्ष चौधरीले बताउनुभयो । आइतबार पुनः ईलाका प्रशासन कार्यलय चन्द्रौटा मार्फत अर्थ मन्त्रालयमा ज्ञापनपत्र बुझाइएको छ । यदि १३ गते सम्म सुनुवाइ भएन भने पुनः १८ गते अनशनमा बस्ने पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP