Trending
flash विजयनगर गाउँपालिकाकाे बजेट र कार्यक्रम सर्वसम्मत पारित  flash कृष्णनगरबाट ब्राउन सुगरसहित एक युवक पक्राउ राजनीति सरकारलाई जसपा नेपालको समर्थन कायमै, बुधबारको बैठकले पनि लिएन फिर्ता राजनीति संसदमा रचनात्मक र परिणाममुखी बहसको खाँचो भो : सांसद नेम्वाङ राजनीति सञ्चारमन्त्री गुरुङ जेनेभास्थित विश्व सूचना समाज सम्मेलनमा सहभागी शिक्षा पोखरा विश्वविद्यालयको बजेट र नीति तथा कार्यक्रम पारित समाज व्यवसायीको चिन्ता : बाढीले तहसनहस रसुवागढी नाका कहिले बन्ला समाज रोपाहार पाउन छाडेपछि समाज घाँस काट्ने क्रममा पहिरो खस्दा बुबाको मृत्यु, छोरा बेपत्ता अपराध पहिरोले थुनिएको म्याग्दी खोलामा पानी बग्न थाल्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

सरकारको बेइमानी ५ बर्ष बितिसक्दा पनि कपिलवस्तुका उखु किसानले पाएन्न २.५ करोड


निरहु यादव

कपिलवस्तु , भादौ ८
५ बर्ष बितिसक्यो तर कपिलवस्तु का किसानले २ करोड ४८ लाख २३हजार रुपैया उखुको भुक्तानी कहिले पाउने निश्चित छैन । आर्थिक बर्ष २०७१/७२ मा अधिराज्य भरी नै सुगर्स मील मार्फत कारोबार गर्ने किसानहरुलाई प्रति क्विन्टल २५ रुपैया उखु प्रवर्द्धन खर्च बापत दिने रकम भुक्तानी गरिसकेको छ तर श्रीमहालक्ष्मी सुगर्स मील जवाभारी कपिलवस्तु मार्फत कारोबार गरेका किसानहरूलाई उखु प्रवर्द्धन खर्च बापत २५ रुपैया भुक्तानी नगरी यो सरकार बेइमानी गरिरहेको किसान संघ कपिलवस्तुका अध्यक्ष अनुप कुमार चौधरीको भनाइ रहेको छ । सुरुमा मीलले विवरण पठाएन पछि अर्थिक मन्त्रालयले मागे पछि सम्पुर्ण विवरण समयमै उपलब्ध गराइएको थियाे । कपिलवस्तु किसान संघले पटकपटक विभिन्न माध्यमबाट सरकार द्वारा सो रकम किसानहरुलाई उपलब्ध गराउन माग गर्दै आएको छ । सो रकम भुक्तानी गरिदिने सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय , गृह मन्त्रालय र कृषि मन्त्रालयले पालैपालो अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको बर्ष दिन समेत बितिसक्दा अर्थ मन्त्रालयको कुनै प्रतिक्रिया नआएकोले बाध्य भएर नै पटकपटक आन्दोलन गर्नु परिरहेको संघका अध्यक्ष चौधरीले बताउनुभयो । आइतबार पुनः ईलाका प्रशासन कार्यलय चन्द्रौटा मार्फत अर्थ मन्त्रालयमा ज्ञापनपत्र बुझाइएको छ । यदि १३ गते सम्म सुनुवाइ भएन भने पुनः १८ गते अनशनमा बस्ने पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP