Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

एटिएम बटा पैसा चोरने ५ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं

नक्कली भिषाकार्ड बाट विभिन्न बैंकहरुको डाटा ह्याक गरी एटिएम बुथबाट करोडौं रकम निकाल्ने कार्यमा संलग्न ५ जना चिनियाँ नागरिकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चिनियाँ नागरिकहरु राहदानी नम्बर ई ३२३७७७१३ वाहक ीष्ल व्ष्बलmभलन, राहदानी नम्बर ई ०९५५२६३७४ वाहक ीगय व्ष्बभिष्, राहदानी नम्बर ईसी १९३७५५८ वाहक श्जग ीष्बलनबलन, राहदानी नम्बर ईएच ०२७७६५०वाहक त्तष्ग थ्गलत्रष्लन र राहदानी नम्बर ई ८९०५६८२५ वाहक ऋजभल द्यष्ल द्यष्ल रहेका छन् ।

उनीहरुबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ, ९ हजार १ सय ८ अमेरिकी डलर, १ हजार १ सय ९१ चिनियाँ युआन, २ सय ५० युरो, ५ हजार क्याम्बोडियन मुद्रा, ८० हङकङ डलर, नक्कली भिषाकार्ड १ सय ३२ थान, सक्कली भिषाकार्ड १७ थान, कार्ड प्रिन्टर मेसिन १ थान, मोबाइल ६ थान, ल्यापटप १ थान, डाटा कार्ड १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यकाका एटिएम बुथमा विदेशी मुलका जस्ता देखिने व्यक्तिहरूले शंकास्पद गतिविधि गरिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं दरबारमार्ग स्थित नबिल बैंकको एटिएम बुथबाट पैसा निकालीरहेको अवस्थामा उनीहरुमध्येका श्जग ीष्बलनबलन लाई फेला पारी सोधपुछ गर्ने क्रममा उनको साथबाट २० थान नक्कली भिषाकार्ड फेला परेको थियो । तत्काल उनी बस्ने हात्तिसारस्थित माया मनोहर वुटिक होटलको कोठा नम्बर २०१, ६०२ र ६०४ मा खानतलासी गर्ने क्रममा कोठाबाट लिफ्ट हुँदै भाग्दै गरेको अवस्थामा उक्त सामान सहित अन्य ४ जनालाई समेत प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

उनीहरु भदौ १३ गते चीनबाट अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गरेको, भदौ १६ गते फर्कने योजनामा रहेको तथा विदेशमा योजना बनाई विदाको दिन पारेर यस्ता काम गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सो परिसरले जनाएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP