Trending
flash विजयनगरमा स्वास्थ्य चौकी सुदृढीकरणका लागि सामग्री सहयोग अन्तर्राष्ट्रिय प्रदर्शनकारीबीच भएका हिंसात्मक झडपमा परी ५ सयभन्दा बढी व्यक्तिको मृत्यु खेल रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो सुपर कप समाज जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु समाज नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै नेपाली सेना flash कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र २७ पुस, काठमाडौंमा सुरु राजनीति देउवाले भने-पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन राजनीति विशेष महाधिवेशन पक्षको पत्रकार सम्मेलन flash जुवा तास खेलिरहेको अवस्थामा ६ जना जुवाडेलाई प्रहरीले पक्राउ flash डढेलो नियन्त्रण गर्न बन झाडी सफाई

विश्व सम्पदा सूचीमा नेपालका तीन सम्पदा थप्न प्रस्ताव लगिने

कपिलवस्तु

नेपालले विश्व सम्पदा सूचीमा सूचीकृत गर्न तीन सम्पदाको प्रस्ताव गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार कपिलवस्तुको तिलौराकोटसहित धनुषाको रामजानकी मन्दिर र नवलपरासीको रामग्रामलाई सूचीकृत गर्न खोजिएको हो ।

पर्यटन मन्त्री योगेश भट्टराईको एक वर्षे कार्ययोजना अनुसार ६ महिनाभित्र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रस्ताव लगिने छ । रामजानकी र रामग्रामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया पनि यसै अवधिमा अगाडि बढाउने घोषणा मन्त्री भट्टराईले गरेका छन् ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन यूनेस्को विश्व सम्पदा सूचीको नियमन गर्ने आधिकारिक निकाय हो । यूनेस्को अन्तर्गत रहने हेरिटेज कमिटीको सेसनले हरेक वर्ष नयाँ थप गर्ने, खतराको सूचीमा राख्ने र खतराको सूचीबाट हटाउने सम्पदाबारे निर्णय गर्छ ।

यूनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं उपत्यकाका सम्पदालाई ‘खतराको सूची’मा राख्ने चेतावनी पटक(पटक दिइसकेको छ । सन् २०१९ को वल्र्ड हेरिटेज कमिटि बैठकमा समेत यूनेस्कोले यो प्रस्ताव लगेको थियो । तर, पारित भएन । यूनेस्कोले भूकम्पपछि नेपालका सम्पदालाई खतराको सूचीमा राख्ने चेतावनी दिँदै आएको छ ।

सुस्त पुनर्निर्माण, पुनर्निर्माणका दौरान आधुनिक निर्माण सामग्रीको प्रयोग र मानवीय अतिक्रमणका कारण कुरुप बन्दै गएका सम्पदाबारे यूनेस्कोको असन्तुष्टि देखिन्छ । मन्त्रालयले विश्व सम्पदामा यूनेस्कोको चासो सम्बोधन हुने गरी कार्ययोजना बनाउने र त्यसलाई कडाइपूर्वक कार्यान्वयनमा ल्याउने कुरालाई योजनामा समेटेको छ ।

यसैवर्ष यूनेस्कोबाट एक एक टोली नेपाली सम्पदाको अडिटका लागिसमेत आउनेछ । मन्त्रालयका अनुसार यूनेस्कोको चासो उपत्यकाभित्र स्थानीय सरकारहरुले बनाएका भवन निर्माण संहितामा समेत रहेको छ ।

काठमाडौं उपत्यका भित्रका पशुपतिनाथ मन्दिरसहित बौद्धस्तुपा, स्वयम्भू, काठमाडौं, पाटन र भक्तपुर दरवार स्क्वायर र चाँगुनारायण मन्दिर विश्व सम्पदा सूचिमा सूचस्कृत छन् । काठमाडौंबाहिर सगरमाथा राष्ट्रिय निकुन्ज, चितवन राष्ट्रिय निकुन्ज र लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत भएका छन् ।

अहिले विश्वका १६७ मुलुकबाट १ हजार १ सय २१ वटा धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत छन् । त्यसमध्ये ५३ वटा सम्पदा खतराको सूचीमा परेका छन् ।

नेपालले विश्व सम्पदा सूचीमा राख्न सकिने सम्भावित सूची यसअघि नै यूनेस्कोमा प्रस्ताव गरिसकेको छ । ती सम्पदामा पनौतीदेखि तिलौराकोट, मुस्ताङ, रामग्राम, गोरखा दरवार, कीर्तिपुर, नुवाकोट, रुरु क्षेत्र, तानसेन, सिन्जा उपत्यका, साँखु, खोकना लगायत छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP