Trending
flash विजयनगरमा स्वास्थ्य चौकी सुदृढीकरणका लागि सामग्री सहयोग अन्तर्राष्ट्रिय प्रदर्शनकारीबीच भएका हिंसात्मक झडपमा परी ५ सयभन्दा बढी व्यक्तिको मृत्यु खेल रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो सुपर कप समाज जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु समाज नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै नेपाली सेना flash कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र २७ पुस, काठमाडौंमा सुरु राजनीति देउवाले भने-पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन राजनीति विशेष महाधिवेशन पक्षको पत्रकार सम्मेलन flash जुवा तास खेलिरहेको अवस्थामा ६ जना जुवाडेलाई प्रहरीले पक्राउ flash डढेलो नियन्त्रण गर्न बन झाडी सफाई

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाअभियोग, रक्षामन्त्रीको राजीनामा

 

 

दक्षिण कोरियाका राष्ट्रपति यून सुक–योल विरुद्ध महाअभियोग लगाउने तयारी गरिएको छ। यससँगै सत्तारुढ पार्टी संसद ल्याउन लागिएको महाअभियोगको प्रस्तावको डटेर विरोध गर्ने बताएको छ।

पार्टी का नेता हान डोंग–हून ले उनको पार्टी संसदमा महाअभियोगको प्रस्ताव रोक्नका लागि आफ्ना सहयोगीहरूलाई एकजुट गर्ने प्रयास गर्ने बताएका बिबिसीले जनाएको छ।

‘यसबाट अप्रत्याशित अराजकता पैदा हुन सक्छ र हाम्रा मान्छे र समर्थकहरूलाई क्षत पुग्न सक्छ, उनले भनेका छन्– त्यसकारण पार्टीका एक नेताको हैसियतले महाभियोग पारित हुन बाट रोक्नका लागि काम गर्नेछु।’

यद्धपी उनले महाअभियोगको विरोध राष्ट्रपति द्वारा मार्सल ल लागु गर्ने प्रयासको समर्थनमा भने हुँदै नभएको पनि प्रष्ट पारेका छन्। ‘मुलुकलाई अस्थिर गर्ने र जनतालाई असंवैधानिक मार्सल ल को माध्यमबाट तर्साउन का लागि राष्ट्रपतिसहितका जिम्मेवार व्यक्तिले जवाफ दिनै पर्छ’ उनले भने। राष्ट्रपतिलाई सत्ताबाट हटाउन का लागि विपक्षीलाई राष्ट्रपति यून सुक–योल कै पार्टीका आठ सदस्यहरूको समर्थनको आवश्यकता पर्नेछ।

रक्षा मन्त्रीको राजीनामा स्वीकृत

यसैबिच राष्ट्रपति यून सुक–योललाई मार्सल ल लागु गर्न सुझाव दिने व्यक्ति भनिएका रक्षा मन्त्री किम योंग–ह्यूनको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेका छन्।
किम योंग–ह्यून ले विद्यमान सम्पूर्ण घटनाक्रमको आफूले जिम्मा लिने बताउँदै बिहिबार राजीनामा दिएका स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
राष्ट्रपति यून सँगै एउटै विद्यालयमा अध्ययन गरेका किम योंग–ह्यून सेनाबाट अवकाशप्राप्त जनरल हुन्। गत सेप्टेम्बरमा एउटा सुनुवाइको क्रममा किम ले विपक्षीको उक्त आरोप अस्वीकार गरेका थिए।

उनीमाथि विपक्षीले देशमा असहमति दबाउन का लागि मार्सल ल लागू गर्न सक्ने आरोप लगाएका थिए। रक्षा मन्त्रीको रूपमा किम ले उत्तर कोरिया विरुद्ध कडा व्यवहार देखाएका थिए र अमेरिकासँग दक्षिण कोरियाको दीर्घकालिन गठबन्धनलाई मजबुत गर्ने प्रयास गरेका थिए। विपक्षी डेमोक्रेटिक पार्टीले किम योंग–ह्यूनमाथि राज द्रोहको अभियोग चलाउन माग गरेको छ।

घोषणा गरेकी केही घण्टामै फिर्ता भएको थियो मार्सल ल

राष्ट्रपति यून सुकले देशलाई चकित पार्दै गत मंगलबार अबेर राती टेलिभिजनबाट मार्सल ल लागु गरिएको घोषणा गरे। एसियाली प्रजातन्त्रमा झण्डै ५० वर्षमा पहिलो पटक मार्सल ल को घोषणा गरिएको थियो तर भारी दबाब पछि यसलाई फिर्ता लिइयो।

यून सुकले उत्तर कोरिया र देश–विरोधी शक्तिहरूबाट खतरा रहेको भन्दै मार्सल ल घोषणा गरेका थिए। तर उनको उक्त कदम बाह्य धम्कीबाट नभई आफ्नै निराशाजनक राजनीतिक समस्याका कारण प्रेरित भएको स्पष्ट भयो।

मार्सल ल घोषणा भए लगत्तै विरोधमा हजारौं मान्छेहरू संसद अगाडि भेला भए, तत्काल विपक्षी दलका सांसद संसद पुगे र मार्सल ल लगाई निष्कृय गर्नका लागि आपतकालीन मतदानको माग गर्न लागे।

सांसद र आम नागरिकहरूको दबावपछि यून ले हार माने र केही घण्टापछि संसदमा भएको मतदानलाई स्वीकार्दै मार्सल लको आदेश फिर्ता लिएका थिए। पर्यवेक्षकहरुले यूनलेले चारै तिर बाट घेरिएका राष्ट्रपतिले जसरी काम गरेका टिप्पणी गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP