Trending
राजनीति अनेकताभित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्यः शिक्षामन्त्री पन्त समाज तोलाको ३ हजारले बढ्यो सुन राजनीति हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली राजनीति समितिबाट पारित भयो निजामती विधेयक, कुलिङ पिरियड २ वर्ष, महिलाको सेवा प्रवेश अधिकतम उमेर घट्यो समाज मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु समाज तीन दिनदेखि हराएकी युवती जंगलमा मृत फेला राजनीति सगरमाथा संवाद सुरु समाज मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्त्वपूर्ण विशिष्टता : राष्ट्रपति पौडेल राजनीति सरकार उल्टो बाटो हिँड्दैछ, तर हामी ढाल्दैनौँ : प्रचण्ड flash विजयनगरमा पाेषण खाद्य सुरक्षा निर्देशक समिति तथा सराेकारवालासँगकाे बैठक सम्पन्न

तीनकुने घटनामा कुनै साइनो र सरोकार नभएका पूर्वराजामाथि लाञ्छना लगाइयो : कमल थापा

 

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले तीनकुने घटनामा कुनै साइनो र सरोकार नभएका पूर्वराजा ज्ञानेन्द्र शाहमाथि लाञ्छना लगाइएको भन्दै यस्तो कार्य स्वीकार्य नहुने बताएका छन्।

बुधवार संयुक्त जनआन्दोलन समितिले काठमाडौँमा आयोजना गरेको प्रतिबद्धता सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन्।

सरकार र गणतन्त्रवादी दलहरु राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको मान्यतालाई बदनाम गर्ने प्रयास गरेको उनको आरोप छ।

उनले लोकतन्त्रको आवरणमा भ्रष्टाचार गरेर चार पुस्तालाई पुग्नेगरी कमाएको सम्पत्ति र भ्रष्टाचारबाट गरेको आम्दानी लुकाउन गणतन्त्रवादी दलहरु लागि परेको समेत उनको आरोप छ।

राजतन्त्र पक्षधरहरुले यो समयमा सचेत भएर अगाडि बढ्न नसके आफूहरुको विचार सधैँका लागि समाप्त हुने भन्दै राजतन्त्रवादीको आन्दोलनका कार्यक्रममा सहभागी हुनसमेत उनले अपिल गरेका छन्।

‘अहिलेको सरकार र गणतन्त्र पक्षधर राजनीतिक दलका नेताहरुले राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको मान्यतालाई बदनाम गर्ने प्रयास गरेका छन्। चैत १५ गतेको घटनासँग कुनै साइनो र सरोकार नै नभएको राजा ज्ञानेन्द्रलाई जुन ढंगबाट प्रधानमन्त्रीदेखि अन्य नेताहरुले लाञ्छना लगाउने काम गरे त्यो नेपाली जनतालाई स्वीकार्य छैन‚’ उनले भने, ‘जनताले बुझेका छन् कि लोकतन्त्रको आवरणमा भ्रष्टाचार गरेर चार पुस्तालाई पुग्नेगरी कमाएको सम्पत्ति देश विदेशमा लुकाएर राखेको, भ्रष्टाचारबाट गरेको आम्दानीलाई लुकाउन यिनीहरुले यो प्रयास गरेका हुन्। ०६३ पछि अहिले यस्तो समय आएको छ कि अलिकति सचेत भएर सद्बुद्धि प्रयोग गर्न सकेनौँ भने हाम्रो विचार सधैँका लागि समाप्त हुन्छ।’।    थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP