Trending
राजनीति अनेकताभित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्यः शिक्षामन्त्री पन्त समाज तोलाको ३ हजारले बढ्यो सुन राजनीति हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली राजनीति समितिबाट पारित भयो निजामती विधेयक, कुलिङ पिरियड २ वर्ष, महिलाको सेवा प्रवेश अधिकतम उमेर घट्यो समाज मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु समाज तीन दिनदेखि हराएकी युवती जंगलमा मृत फेला राजनीति सगरमाथा संवाद सुरु समाज मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्त्वपूर्ण विशिष्टता : राष्ट्रपति पौडेल राजनीति सरकार उल्टो बाटो हिँड्दैछ, तर हामी ढाल्दैनौँ : प्रचण्ड flash विजयनगरमा पाेषण खाद्य सुरक्षा निर्देशक समिति तथा सराेकारवालासँगकाे बैठक सम्पन्न

१२ को परीक्षामा हामी सहभागी हुँदैनौँ : कर्मचारी युनियन

 

काठमाडौँ : निजामती कर्मचारी ट्रेड युनियनले कक्षा-१२ को परीक्षा सञ्चालनमा सहभागी गराउन खोजिएको भन्दै असन्तुष्टि जनाएको छ। आज बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा युनियनका नेताहरूले असन्तुष्टि जनाएका हुन्।

समितिका सभापति रामहरि खतिवडाका अनुसार बैठकमा युनियनका अध्यक्ष लगायत अन्य नेताहरूले आफूहरूलाई कक्षा १२ को परीक्षामा सहभागी गराउन नमिल्ने बताएका छन्।

उनले भने, ‘युनियनका केही मान्छेले कक्षा १२ को परीक्षामा सहभागी गराउन खोजिएको भन्दै यसमा असन्तुष्टि जनाउनु भएको छ। बैठकमा बोल्न त पाइन्छ, उहाँहरूले यही बोल्दै सहभागी नगराउन माग पनि गर्नुभएकाे छ।’

राष्ट्रिय परीक्षा बोर्डले आज बिहान मात्रै बैठक बसेर निजामती कर्मचारीहरूलाई सहभागी भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो तर उनीहरू सहभागी नहुने भएका छन्।

नेपाल शिक्षक महासंघले केही बेरअघि विज्ञप्ति जारी गर्दै शिक्षकहरू उक्त परीक्षामा सहभागी नहुने जनाएको छ। सरकार र महासंघकै टसलका कारण कक्षा १२ को परीक्षा भने अन्योलमा परेको छ। परीक्षार्थी र अभिभावकहरू चिन्तित बनेका छन्। बोर्डले यही वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने समय ताेकेकाे छ।थाहा खबर    

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP