काठमाडौं : म्याथुज नुनेसले इन्जुरी समयमा निर्णायक गोल गरेपछि प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एस्टन भिल्लाविरुद्ध २–१ को रोमाञ्चक जित हात पारेको छ।
यो जितले सिटीको च्याम्पियन्स लिगमा छनोट हुने आशा बढेको छ। सातौं मिनेटमा बर्नार्डो सिल्भाले एमिलियानो मार्टिनेजको गल्तीको फाइदा उठाउँदै गोल गरे। यस गोलसँगै सिटीले सुरूवाती अग्रता बनाएको थियो। १८औं मिनेटमा डियासले जैकब राम्सेलाई बक्सभित्र फल गरेपछि भिएआरको सहायताले एस्टनले पेनाल्टी पाएको थियो।
पेनाल्टीलाई रासफोर्डले गोलमा परिणत गर्दै खेल बराबरी गरे। दोस्रो हाफमा सिटीले आक्रमणको गति बढायो। ओमार मारमुसले पोस्टभित्र प्रहार गरेपनि अफसाइड ठहरिए। यसबीच रासफोर्डले केही उत्कृष्ट मौका गुमाएका थिए।
तर पाँच मिनेटको इन्जुरी समयमा भिल्लाको रक्षापंक्ति समालिन नसक्दा नुनेसले नाटकीय रूपमा खेल सिटीको पक्षमा पारे। नुनेसले जेरेमी डोकुको शानदार आउटसाइड पासलाई साइड–फुट गर्दै गोलमा परिणत गरेका थिए।
यो जितसँगै सिटी प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ। उसको ३४ खेलमा ६१ अंक छ। सिटी चौथो स्थानको नटिङ्घम फरेस्टभन्दा एक र पाँचौं स्थानको न्युक्यासल युनाइटेडभन्दा दुई अंकले अघि छ। भिल्ला भने सातौं स्थानमै अडिएको छ। उसको ४७ अंक छ।
थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया