Trending
राजनीति स्थानीयको ज्ञापनपत्र बुझ्दै ऊर्जामन्त्रीले भने- मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ अन्तर्राष्ट्रिय पाकिस्तानसँगको तनावपछि बन्द भारतका ३ राजनीति भारत-पाकिस्तानलाई हामीले संयम अपनाउन भन्यौँ, युद्ध रोकियो : ओली अपराध कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा स्वास्थ्य आवासीय चिकित्सकसँगको सहमति कार्यान्वयन गर्न कार्यदल गठन शिक्षा धमाधम ‘निजी स्कुल’मा वाणिज्य विभागको अनगुमन, कागजात लिएर शुल्कबारे अनुसन्धान गर्दै समाज साकेला उभौली चाड : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै समाज रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने समाज बनेपामा ऐतिहासिक चण्डेश्वरी जात्रा समाज पहलगाममा मारिएका सुदीपको परिवार भेट्न बुटवल पुगे राजदूत श्रीवास्तव

विजयनगरमा हप्ताको दुई दिन मेडिकल अधिकृतद्धारा चेक जाँच


विजयनगर, कपिलवस्तु

विजयनगर स्वास्थ्य शाखामा मेडिकल अधिकृत डाक्टरद्धारा हप्ताको एक दिन स्वास्थ्य चेकजाँच गरिन्थ्यो , तर अहिले हप्तामा दुई दिन शुक्रवार र सोमवार स्वास्थ्य चेकजाँचको व्यवस्था मिलाइएको छ ।

विजयनगर स्वास्थ्य शाखाबाट ७० प्रकारको औषधीहरु स्वास्थ्य शाखा, ४ ओटा स्वास्थ्य चौकी र एक सामुदायिक स्वास्थ्य ईकाईबाट उपलब्ध गराईरहेको स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले बताउनु भएको छ । राज्यले निःशुल्क रुपमा उपलब्ध गराएको ७० प्रकारकै औषधीहरु सेवाग्राहीलाई उपलब्ध गराएको प्रमुख अधिकारीले दावी गर्नु भएको छ ।
गत आर्थिक वर्षदेखि स्वास्थ्य शाखामा हप्तामा मेडिकल अधिकृत डाक्टरद्धारा एक दिन स्वास्थ्य जाँच गरिन्थ्यो भने अहिले हप्तामा दुई दिन शुक्रवार र सोमवार स्वास्थ्य चेकजाँचको व्यवस्था मिलाइएको बताउनु भयो । असोज महिनादेखि हरेक महिना एक देखि दुई जना विशेषयज्ञ डाक्टरद्धारा सेवा सुचारु गरिरहेको बताउनु भयो ।
जनसंख्याको आधारमा र राज्यको संघियाता संरचनाको व्यवस्था अनुसार हरेक वडामा स्वास्थ्य चौकी, १५ शैøयाको अस्पताल, र प्रयोगशाला ल्यावको व्यवस्था नभएको हुनाले समस्या भएको बताउनु भयो ।
यस्तै अहिले देशको विभिन्न जिल्लाहरुमा भाइरल ज्वरो,डेँगु रोगको संक्रमण बढिरहेको बेला डेँगुको परिक्षण नभए पनि डेँगुको लक्षणको आधारमा अन्य ठाउँमा रिफर गर्ने व्यवस्था गरेको र यसको नियन्त्रणका लागि परिक्षणहरु विद्यालय, समुदायमा र स्वास्थ्य चौकीमा आउने विरामीहरुमा परिक्षण दिईरहेको बताउनु भयो ।
यस वर्ष विजयनगर गाउँपालिकाकाले प्रयाप्त बजेट स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको रभारतीय दुतावासमा जनप्रतिनिधि मार्फत एम्बुलेन्सको माग गरेका र यही वर्षदेखि विजयनगरमा एम्बुलेन्स सञ्चालनमा आउने बताउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP