Trending
flash लाैटन राम द्राेपदी देवी मावि गणेशपुरमा सरस्वती माताको प्राण प्रतिष्ठा तथा रासलीला महोत्सव हुँदै flash विजयनगरमा पनि मनाइयो राष्ट्रिय याेग दिवस flash विजयनगरमा २ सय ८० जना जेष्ठ नागरिक सम्मानित राजनीति सानेपामा रमेश लेखक : छलफलले सफलता पाउन सकेन राजनीति जेनजी अभियन्ता टासी ल्हाजोमको नाम समानुपातिकको बन्दसूचीबाट हटाए समाज सिंहदरबारभित्र नयाँ राष्ट्रिय सभा हल तयार समाज सिन्धुलीमा ठूलो मात्रामा अमेरिकी डलरसहित एक जना पक्राउ समाज अनाधिकृत रूपमा आपतकालीन ढोका खोल्दा उडान ढिलो समाज खुकुरी प्रहार गरी युवकको हत्या खेल नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने

अमेरिकाले युक्रेनको प्राकृतिक संशाधन प्रयोग गर्न पाउनेगरी सम्झौता

 

अमेरिकाले युक्रेनको प्राकृतिक संशाधन प्रयोग गर्न पाउनेगरी दुई देशबीच सम्झौता भएको छ। अमेरिकाको अर्थ विभागले विज्ञप्ति जारी गरी युक्रेनका लागि पुननिर्माण लगानी कोष बनाउनेगरी सम्झौतामा हस्ताक्षर भएको जानकारी दिएको छ।

सम्झौतामा अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्ट र युक्रेनकी उपप्रधानमन्त्री युलिया स्विरिडेन्कोले हस्ताक्षर गरेका छन्। यो सम्झौताअनुसार अब अमेरिकाले युक्रेनको दुर्लभ खनिजमा पहुँच पाएको छ। खासगरी पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेन नेतृत्वको सरकारका पालामा अमेरिकाले युक्रेनलाई रुससँगको युद्ध लड्नका लागि ३५० अर्ब डलर बराबरको सहयोग गरेको थियो।

यसको बदलामा अमेरिकाले युक्रेनी खनिजमा आफ्नो पहुँच हुनेगरी सम्झौता गरेको हो। तर सम्झौता दुवै पक्षको हितलाई केन्द्रमा राखेर गरिएको बताइएको छ। अमेरिकाले यो सम्झौताअनुसार किएभको पुननिर्माणमा ध्यान दिने बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने युक्रेनसँगको खनिज सम्बन्धले अमेरिकालाई ठूलो फाइदा हुने बताएका छन्।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP