काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न प्रवासी नेपालीलाई आग्रह गरेका छन्।
नेपाली कांग्रेसको जनसम्पर्क समितिद्वारा बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्। उनले नेपाली जनसम्पर्क समिति पहिलो पटक विपी कोइरालाले भारतमा स्थापना गरेको बताए।
उनले विश्वभर क्रियाशील रहेको कांग्रेसको जनसम्पर्क समितिले सबै प्रवासीसँग सम्बन्ध राख्ने बताए। उनले प्रवासी नेपालीहरुलाई हुने कानूनी समस्यालाई समाधान गर्न पार्टीको तर्फबाट पहल गर्ने बताए।
प्रवासी नेपालीले देशको विकासका लागि आर्थिक तथा वैचारिक योगदान गर्नुपर्ने उनको भनाइ छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया