Trending
flash विजयनगरमा स्वास्थ्य चौकी सुदृढीकरणका लागि सामग्री सहयोग अन्तर्राष्ट्रिय प्रदर्शनकारीबीच भएका हिंसात्मक झडपमा परी ५ सयभन्दा बढी व्यक्तिको मृत्यु खेल रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो सुपर कप समाज जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु समाज नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै नेपाली सेना flash कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र २७ पुस, काठमाडौंमा सुरु राजनीति देउवाले भने-पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन राजनीति विशेष महाधिवेशन पक्षको पत्रकार सम्मेलन flash जुवा तास खेलिरहेको अवस्थामा ६ जना जुवाडेलाई प्रहरीले पक्राउ flash डढेलो नियन्त्रण गर्न बन झाडी सफाई

केआईआईटी नेपाली विद्यार्थी मृत्यु प्रकरण : छानबिनका लागि परराष्ट्र मन्त्रलयले सुरू गर्‍यो कूटनीतिक पहल

 

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटनाले मर्माहत भएको बताएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले परराष्ट्र मन्त्रालयले भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको उल्लेख गरेकी छिन्।

‘प्रिशाको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा उनको परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, उनले लेखेकी छिन्, ‘परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको छ।’

बारा सिम्रौनगढकी प्रिशा बिहीवार साँझ केआईआईटीको छात्रावास ‘क्विन्स क्यासल–४’ (क्यूसी–४) को चौथो तलमा रहेको आफ्नै कोठामा मृत फेला परेकी बताइएको छ। विश्वविद्यालयले नेपाली दूतावासलाई दिएको जानकारी अनुसार अहिले प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे छ।

यसअघि गत फागुन ४ गते केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् ।

 

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP