काठमाडौं : मन्त्रिपरिषद्को बैठक र राज्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम स्थगित भएको छ। बिहान १० बजे हुने भनिएको बैठक तत्कालका लागि स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।
साथै नवनियुक्त ऊर्जा राज्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम पनि रोकिएको छ। सरकारले हिजो नेपाली कांग्रेसका खमबहादुर गर्बुजालाई ऊर्जा राज्यमन्त्री नियुक्त गरेको थियो। आज १० बजे शपथग्रहण भनिएकामा त्यो पनि स्थगित भएको छ।
अचानक पूर्व निर्धारित कार्यक्रम किन रोकियो भन्ने चासोको विषय बनेको छ। प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँ प्रधानमन्त्रीको व्यस्तताका कारण पूर्व निर्धारित कार्यक्रम स्थगित भएको बताउँछन्। उनले भने, ‘अरु केही होइन, प्रधानमन्त्री ज्यूको व्यस्त सेड्युल भएर हो। नीति कार्यक्रम पनि छ, बीचमा अरु कार्यक्रम पनि भए। आजको साटो अर्को दिन बस्दा पनि हुने भएर स्थगित भएको हो।’
नीति कार्यक्रम यसअघि नै मन्त्रिपरिषदबाट पारित भइसकेको बताए।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले भने आफूलाई कुनै जानकारी नभएको बताए। थाहाखबरसँग उनले भने, ‘म्यासेज आएपछि मन्त्रिपरिषद् बैठकबारे थाहा हुने हो। स्थगित भएको विषय मलाई थाहा छैन। शपथ ग्रहण रोकिएको पनि थाहा छैन।’
कांग्रेसको आग्रहपछि मन्त्रिपरिषद् बैठक र शपथ ग्रहण कार्यक्रम रोकिएको चर्चा पनि छ। यसबारे कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘मैले पनि भर्खर सुन्दैछु रोकियो भनेर। त्यही आज यता नीति कार्यक्रमको तयारी गर्नाले रोकिएको होला। मन्त्री नियुक्त भइसक्यो। सामान्य कुरा होला।’ थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया