काठमाडौँ : मधेश केन्द्रित दुई दल जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच एकता घोषणा हुनै लाग्दा भाँडियो। सबै विषयमा सहमति गरेर वैशाख १७ गते एकता घोषणा गर्नै लाग्दा अचानक नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेपछि कार्यक्रम नै बिथोलियो।
कार्यक्रमस्थल (कमलादीस्थित प्रज्ञा प्रष्ठिान) बाटै पक्राउ परेर डिल्लीबजार कारागार पुर्याइएका रेशम साढे पाँच घण्टामै छुटे पनि त्यस दिन पार्टी एकता भएन । अब दुबै दलबीच छलफल गरेर एकताका लागि अर्को मिति तय गर्ने बताएका छन्।
रेशम रिहा भएपछि बानेश्वरको सनराइज क्याफेमा स्वागत र सम्मान कार्यक्रम राखियो। रेशमले केही दिनभित्रै एकता हुने आश्वासन नेता–कार्यकर्ताहरूलाई दिएका थिए। अर्को मिति तय भएको छैन भने यसबारे दुई दलबीच छलफल पनि भएको छैन।
‘एकता कुनै हालतमा हुन्छ तर केही समय लाग्छ’
वैशाख १७ को एकता भाँडिएपछि जनमत र नाउपाबीच एकताका लागि अर्को मिति तय गर्नेबारे छलफल भएको छैन तर त्यस दिनको कार्यक्रा भाँडिए पनि आफूहरूबीचको एकता भने नभाँडिने नेताहरू बताउँछन्।
जनमत पार्टीका महासचिव चन्दनकुमार सिंह मिलाएर केही समयपछि पार्टी एकता गर्ने बताउँछन्। ‘त्यो दिन भाँडियो। अब हामीले फेरि मिलाएर एकता गरिहाल्छौं’, उनले भने, ‘तर थोरै समय लाग्छ।’
जनमतले आन्तरिक विषय मिलाउन नसकेको चर्चा पनि सत्य नरहेको महासचिव सिंहले जिकिर गरे। उनले भने, ‘पार्टीमा सबै कुरा मिल्दै गएको छ। मिलेन भन्ने कुरा हल्ला मात्रै हो।’
नाउपाले पनि पार्टी एकता हुनेमा कुनै शंका नरहेको बताएको छ। नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित पनि समय लाग्ने बताउँछन्। रेशम पक्राउको रहस्य पत्ता लगाएर मात्रै एकता गर्ने निष्कर्षमा आफूहरू पुगेकाले समय लाग्ने उनको तर्क छ।
‘एकता हुनेमा कुनै शंका छैन तर केही समय लाग्छ’, उनी भन्छन्, ‘किनभने रेशमजीप्रति एकता घोषणाको मुखैमा किन त्यसो गरियो? कसले गरायो? एउटा कर्मचारीले मात्रै यो आँट गरेको होइन, यसको कनेक्सन कहाँसम्म जोडिएको छ? यी विषय पत्ता लगाएर आफूलाई सुरक्षा कवच स्थापित गर्दै अगाडि जानुपर्ने भएकाले समय लाग्छ। तर फेरि पनि भन्छु, एकता चाहिँ हामी गर्छौं–गर्छौं। कुनै शक्तिले रोक्न सक्दैन।’
वैशाख १७ को एकता भाँड्नमा राज्यसत्ताको हात हुन सक्ने आशंका जनमत र नाउपाले गरेका छन्। त्यस दिन एकीकृत पार्टीको नामसहितको ब्यानर लिएर उत्साहित हुँदै कार्यक्रमस्थल पुगेका नेता–कार्यकर्ता एकता कार्यक्रम बिथोलिएपछि सरकारविरुद्ध आक्रोशित भएका थिए। उनीहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए।
थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया