Trending
flash कपिलवस्तु-३ मा काँग्रेसका शाह विजयी अन्तर्राष्ट्रिय नाबालिगका लागि पोर्न साइट बन्द खेल इङ्ल्याण्डलाई हराउँदै आयोजक भारतले टी- २० विश्वकपको फाइनलमा राजनीति शेखर कोइराला २५ सय मतले पछाडी राजनीति सर्लाही-४ मा गगनभन्दा अमरेश दोब्बर मतले अगाडि flash कपिलवस्तु-३ मा अभिशेष प्रताप शाह ७७१ मतले अग्रस्थानमा कपिलवस्तु क्षेत्र समाज २४ घण्टामा मतगणना सम्पन्न गर्ने तयारी अन्तर्राष्ट्रिय नागरिकको उद्धारका लागि सैन्य उडान र चार्टर उडानको व्यवस्था खेल खेलमा बुधबार दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच प्रतिस्पर्धा अन्तर्राष्ट्रिय पश्चिम एशिया तनाव : खाडीमा रहेका नेपालीको सुरक्षा चिन्ता

जनमत–नाउपा एकता अब कहिले ?

काठमाडौँ : मधेश केन्द्रित दुई दल जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच एकता घोषणा हुनै लाग्दा भाँडियो। सबै विषयमा सहमति गरेर वैशाख १७ गते एकता घोषणा गर्नै लाग्दा अचानक नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेपछि कार्यक्रम नै बिथोलियो।

कार्यक्रमस्थल (कमलादीस्थित प्रज्ञा प्रष्ठिान) बाटै पक्राउ परेर डिल्लीबजार कारागार पुर्‍याइएका रेशम साढे पाँच घण्टामै छुटे पनि त्यस दिन पार्टी एकता भएन । अब दुबै दलबीच छलफल गरेर एकताका लागि अर्को मिति तय गर्ने बताएका छन्।

रेशम रिहा भएपछि बानेश्वरको सनराइज क्याफेमा स्वागत र सम्मान कार्यक्रम राखियो। रेशमले केही दिनभित्रै एकता हुने आश्वासन नेता–कार्यकर्ताहरूलाई दिएका थिए। अर्को मिति तय भएको छैन भने यसबारे दुई दलबीच छलफल पनि भएको छैन।

‘एकता कुनै हालतमा हुन्छ तर केही समय लाग्छ’

वैशाख १७ को एकता भाँडिएपछि जनमत र नाउपाबीच एकताका लागि अर्को मिति तय गर्नेबारे छलफल भएको छैन तर त्यस दिनको कार्यक्रा भाँडिए पनि आफूहरूबीचको एकता भने नभाँडिने नेताहरू बताउँछन्।

जनमत पार्टीका महासचिव चन्दनकुमार सिंह मिलाएर केही समयपछि पार्टी एकता गर्ने बताउँछन्। ‘त्यो दिन भाँडियो। अब हामीले फेरि मिलाएर एकता गरिहाल्छौं’, उनले भने, ‘तर थोरै समय लाग्छ।’

जनमतले आन्तरिक विषय मिलाउन नसकेको चर्चा पनि सत्य नरहेको महासचिव सिंहले जिकिर गरे। उनले भने, ‘पार्टीमा सबै कुरा मिल्दै गएको छ। मिलेन भन्ने कुरा हल्ला मात्रै हो।’

नाउपाले पनि पार्टी एकता हुनेमा कुनै शंका नरहेको बताएको छ। नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित पनि समय लाग्ने बताउँछन्। रेशम पक्राउको रहस्य पत्ता लगाएर मात्रै एकता गर्ने निष्कर्षमा आफूहरू पुगेकाले समय लाग्ने उनको तर्क छ।

‘एकता हुनेमा कुनै शंका छैन तर केही समय लाग्छ’, उनी भन्छन्, ‘किनभने रेशमजीप्रति एकता घोषणाको मुखैमा किन त्यसो गरियो? कसले गरायो? एउटा कर्मचारीले मात्रै यो आँट गरेको होइन, यसको कनेक्सन कहाँसम्म जोडिएको छ? यी विषय पत्ता लगाएर आफूलाई सुरक्षा कवच स्थापित गर्दै अगाडि जानुपर्ने भएकाले समय लाग्छ। तर फेरि पनि भन्छु, एकता चाहिँ हामी गर्छौं–गर्छौं। कुनै शक्तिले रोक्न सक्दैन।’

वैशाख १७ को एकता भाँड्नमा राज्यसत्ताको हात हुन सक्ने आशंका जनमत र नाउपाले गरेका छन्। त्यस दिन एकीकृत पार्टीको नामसहितको ब्यानर लिएर उत्साहित हुँदै कार्यक्रमस्थल पुगेका नेता–कार्यकर्ता एकता कार्यक्रम बिथोलिएपछि सरकारविरुद्ध आक्रोशित भएका थिए। उनीहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP