Trending
अन्तर्राष्ट्रिय देश-विदेशमा नेपाली खाना प्रर्वद्धन गर्दै ‘सेफ’ कँडेल, असार १५ गते भोजनलिपि स्वाद चाख्न पाइने राजनीति देशको बृहत्तर हित गर्न एमाले र कांग्रेसबीच सहकार्य भइरहनुपर्छ : प्रदीप ज्ञवाली राजनीति ‘न्यायाधीश सिफारिस समावेशी भएन, न्याय परिषद्लाई संसदीय समितिमा बोलाऔँ’ flash सन्तरामको आँगनमा फक्रिएको शिक्षा flash मनसुनसहित तीन वायु थप सक्रिय, आज यी ६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना  flash रक्त बेचविखनको विरोधमा स्वयंसेवी आवाज flash भारतको अहमदाबादमा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो अन्तर्राष्ट्रिय कंगोमा डुङ्गा डुब्दा कम्तीमा ५४ जनाको मृत्यु राजनीति प्रचण्डले भने : जनार्दनलाई पार्टी छोड्न भनेको छैन राजनीति शिक्षा मन्त्रालयको प्रस्ताव : एसईई नहटाऔं, तर प्रदेशबाट सञ्चालन गराैं

कृष्णनगर नगरपालिकाद्वारा निःशुल्क मुटु तथा मृगौला स्वास्थ्य शिविरमा दुई हजार बढीले सेवा लिए

मनिष गुप्ता
कपिलवस्तु, २० बैशाख ।

कृष्णनगर नगरपालिकाको आयोजनामा शिवराज अस्पताल, बहादुरगञ्जमा संचालन गरिएको दुई दिने निःशुल्क मुटु तथा मृगौला स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

बैशाख १९ र २० गते सञ्चालन गरिएको उक्त शिविरमा २ हजार भन्दा बढी सेवाग्राहीहरूले विशेषज्ञ सेवा प्राप्त गरेका हुन्।

शिविरमा इन्स्टिच्युट अफ मेडिसिन (IOM) की डिन प्रा.डा. दिव्य सिंह शाहको उपस्थितिमा बिरामीहरूको परीक्षण भएको थियो । डा. शाहले शिविरमा सहभागी भई दर्जनौं बिरामीहरूको स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेकी थिइन ।

त्यसैगरी, वरिष्ठ CTVS सर्जन डा. अनिल भट्टराई तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रोशन घिमिरेले बिरामीहरूको परीक्षण तथा उपचारको लागि प्रमर्स दिनुभयो ।

कृष्णनगर नगरपालिका नगरप्रमुख रजत प्रताप शाहले शिविर अवलोकन गर्दै भने, “स्वास्थ्य सेवा सबै नागरिकको अधिकार हो। आगामी दिनहरूमा यस्ता विशेष स्वास्थ्य शिविरहरू सञ्चालन गरिनेछ।”

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले कार्यक्रमको समग्र अनुगमन गर्दै भने, “स्थानीयस्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउन पाउँदा हामीलाई गर्व लागेको छ। शिविरमा युवादेखि वृद्धसम्मको उल्लेखनीय सहभागिता रहेको थियो।”

शिविरका फोकल पर्सन तथा समन्वयकर्ता डा. दुर्गेशलाल चौधरीले सम्पूर्ण व्यवस्थापन तथा चिकित्सक टिमसँगको सहकार्यमा शिविर सफल बनाउनुमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । डा. चौधरीले भने“विशेषज्ञ सेवा गाउँघरमै ल्याउने हाम्रो लक्ष्य हो। बिरामीको चाप र सहभागिताले यस्ता कार्यक्रमको आवश्यकता पुष्टि गरेको छ।”

शिविरमा सेवा ग्रहिलाई ECG, ECHO, USG, औषाधी उपचार, रक्त परीक्षण, एक्स–रे लगायतका विभिन्न सेवा निःशुल्क रूपमा प्रदान गरिएको लेखा अधिकृत मनिष पाण्डेले जानकारी गराए ।

शिवराज अस्पतालका हेल्थ असिस्टेन्ट तथा मेडिकल रेकर्डर रुपेश झाका अनुसार, पहिलो दिन (बैशाख १९ गते) ८३४ जना सेवाग्राहीले सेवा लिएका थिए। जसमा ECG – ३५१, ECHO – १७८, X-RAY – ६५, LAB TEST – १३०, भर्ना गरिएका बिरामी – ८, र आकस्मिक केस – १० (पुरुष ४, महिला ६) थिए।

दोस्रो दिन (बैशाख २० गते) बिहान १२ बजेसम्ममा नै १००० भन्दा बढी सेवाग्राहीहरूको दर्ता भइसकेको अस्पताल प्रशासनले जानकारी दिएको छ।

शिविरमा आएका सेवाग्राहीहरूले यस्ता कार्यक्रमले गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा पाउने अवसर उपलब्ध गराएको भन्दै नगरपालिकालाई आभार प्रकट गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP