Trending
राजनीति अनेकताभित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्यः शिक्षामन्त्री पन्त समाज तोलाको ३ हजारले बढ्यो सुन राजनीति हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली राजनीति समितिबाट पारित भयो निजामती विधेयक, कुलिङ पिरियड २ वर्ष, महिलाको सेवा प्रवेश अधिकतम उमेर घट्यो समाज मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु समाज तीन दिनदेखि हराएकी युवती जंगलमा मृत फेला राजनीति सगरमाथा संवाद सुरु समाज मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्त्वपूर्ण विशिष्टता : राष्ट्रपति पौडेल राजनीति सरकार उल्टो बाटो हिँड्दैछ, तर हामी ढाल्दैनौँ : प्रचण्ड flash विजयनगरमा पाेषण खाद्य सुरक्षा निर्देशक समिति तथा सराेकारवालासँगकाे बैठक सम्पन्न

विजयनगर आधारभूत अस्पतालकाे अवलोकन, सेवा प्रवाहमा जाेड  

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २१ बैशाख ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्दाैरमा अवस्थित विजयनगर आधारभूत अस्पतालमा एक टाेलीले अवलोकन गरेकाे छ । विजयनगर गाउँपालिका र निक साइमन इन्स्टिच्युटकाे टाेलीले अस्पतालकाे अवलोकन गरेकाे हाे । अस्पताललाई थप व्यवस्थित बनाउँदै उपलब्ध भएका सेवालाई प्रभावकारी बनाउनका लागि साे टाेलीले अस्पतालकाे व्यवस्थापन, जनशक्ति, उपकरण र आधारभूत सेवा र आकस्मिक सेवाकाे सुनिश्चिततामा जाेड दिएकाे छ ।

गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी, प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालफ, ६ का वडा अध्यक्ष प्रेम बहादुर कलवार, स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारी, इन्चार्ज इन्द्र भण्डारी र निक साइमन इन्स्टिच्युटका पदाधिकारीहरुकाे सहभागीतामा विजयनगर आधारभूत अस्पतालकाे अध्ययन अवलाेकनकाे साथै गुणस्तरीय सेवा प्रवाहकाे बारेमा छलफलसहित अस्पताललाई व्यवस्थित बनाउँदै याेजनाबद्ध रुपमा अगाडी बढ्नुपर्नेमा जाेड दिएकाे छ ।

गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले अस्पतालबाट प्राप्त हुने सेवा सुविधालाई सहज र प्रभावकारी बनाउनुपर्नेमा जाेड दिँदै सम्बन्धित विभिन्न निकायहरुसँग आवश्यक दक्ष जनशक्ति, व्यवस्थापन पक्षका लागि पहल गर्दै आइरहेको बताए । अस्पतालबाट सेवा सुचारु भएपछि सेवाग्राहीकाे संख्यामा बिस्तारै हुँदै गएकाे उनको भनाइ छ ।

यसैगरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालले अस्पताल सञ्चालनका लागि पालिकाले पनि बजेट विनियोजन गरि आवश्यक जनशक्ति सहित सेवा प्रवाह र गुणस्तरीयतामा ध्यान दिनुपर्ने बताए । उनले अस्पताल सञ्चालनकाे आवश्यक प्रक्रियाहरु पूरा गरेर विभिन्न दातृ निकाय लगायत संघसंस्थाहरुसँग समन्वयात्मक भूमिका खेल्नुपर्नेमा जाेड दिए ।

 

 

 

 

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP